गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमको समर्थन सिक्किममा गणतान्त्रीक जनआन्दोलन समर्थन समिति गठन
गंगतोक : चिया कविता समूह सिक्किमको तत्परतामा गोर्खाल्याण्ड आन्दोलनबारे विचार बैठक सम्पन्न भयो। गोर्खाल्याण्डको मागमा चम्किएको आन्दोलन जन आन्दोलनको रूपमा परिणत भइसकेको बताउँदै। सिक्किमको राजधानी गान्तोकमा आज बौद्धिक र सचेत जमातको उपस्थितमा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा भइरहेको बङ्गाल सरकारको दमन नीतिको प्रतिवाद गर्दै विभिन्न प्रस्ताव ग्रहण गरिएको छ। नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्यालको अध्यक्षतामा बसेको सभामा पूर्व सांसद पहलमान सुब्बा, पूर्व मंत्री टी लाचुङपा, कलाकार संगठनका अध्यक्ष सीएल घिमिरे, पूर्व सचिव केएन शर्मा, सिक्किम केन्द्रिय विश्वविद्यालयका प्राध्यापकगण डॉ. पुष्प शर्मा, डॉ कविता लामा, डॉ. समर सिन्हा, डॉ. सुदर्शन तामाङ, एसएलपी चेयरमेन डीएन नेपाल, वरिष्ठ अधिवक्ता केटी भोटिया, याङ्जी पिनासा, प्रेस क्लब अब सिक्किमका अध्यक्ष भीम राउत, पूर्वोत्तर हिन्दी साहित्य परिषद सिक्किम शाखाका प्रमुख संयोजक रूपा तामाङ, समावसेवी चन्द्र राई, समाजसेवी विना राई, साहित्यकार अमर बानियाँ लोहोरो, प्रवीण राई जुमेली, तेजमान बराइली आदिको उपस्थिति थियो।
गोर्खाल्याण्डको निम्ति सहीद बनेका आन्दोलनकारीहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुइ मिनटको मौन प्रार्थना गरियो।
गोर्खाल्याण्ड आन्दोलनलाई जन आन्दोलको संज्ञा दिँदै सिक्किमबाट यो आन्दोलनलाई समर्थन जनाउन एउटा गतिलो समिति गठन गरिएको छ। गणतान्त्रीक जनआन्दोलन समर्थन समिति नमाकरण गरिएको छ। जसको मुख्य सल्लाहकार पहलमान सुब्बा, डॉ. पुष्प शर्मा रहेका छन्। यसैगरि अध्यक्ष टी लाचुङपा, उपाध्यक्ष रूद्र पौड्याल, केएन शर्मा, सीएल घिमिरे, केके छेत्री रहेका छन्। यसैगरि महासचिवमा रूपेश शर्मा र प्रवीण खालिङ रहेका छन्। सहसचिवमा भीम राउत, खगेन्द्र ढकाल, अम्बर लाछिकाठी गुरुङ रहेका छन् भने कोषाध्यक्ष चन्द्र राई र दीपा राई। कनुनी सल्लाहकार केटी भोटिया, याङ्जी पिनासा,मिडिया प्रभारी निर्मल मंगर, योगेन तामाङ, प्रकाश अधिकारी, विशाल गुरुङ र जगन दाहाल रहेका छन्।
यसका साथै सिक्किम भरिका विभिन्न राजनैतिक, गैर राजनैतिक संघ संस्थाका प्रतिनिधिहरूको ठूलो प्रतिनिधि सदस्य समिति गठन गरिएको छ। 20 तारिक मंगलबार दोस्रो बैठक पछि रणनीति घोषणा गरिने बताइएको छ। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए भने कवि साहित्यकारहरूले कविता वाचन गरेका थिए।
Post a Comment