Header Ads

गोर्खाल्याण्डलाई नेपालबाट समर्थन दिइएको छैन नरेन्द्र मोदीले यो मामिलालाई हल गर्न सक्छन्ः प्रधानमन्त्री देउबा



काठमांडो : नेपालको नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउबाले छिमेकी  मुलुकको दार्जीलिङ पार्वतीय क्षेत्रमा तिब्रतासित चलिरहेको गोर्खाल्याण्ड आन्दोलनली भारतको अन्तरिक मामिला बताएका छन्। उनले यो आन्दोलनलाई नेपाल देखि अलग रहेका बताउँदै भने, नरेन्द्र मोदीले यो मामिलालाई हल गर्न सक्छन्। उनले आफ्ना काठमाण्डौंस्थित कार्यालयमा इण्डियन फेडरेशन ऑफ वर्किङ जर्नलिष्ट (आइएफडब्लूजे) को एक प्रतिनिधि मण्डलसित कुराकानी गर्दै यस्तो मन्तव्य व्यक्त गरेका हुन्। आइएफडब्लूजेका आध्यक्ष के विक्रम रावको नेतत्वमा गत सप्ताह हिमाली गणराज्यको अध्ययन यात्रामा एउटा टोली नेपाल पुगेका थिए। यसको बारेमा आइएफडब्लूजेका राष्ट्रीय सचिवद्वारा एक प्रेस बयान जारी गर्दै यसबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री देउबाले आफ्नो टिप्पणी गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङद्वारा चलाइएको छुट्टै राज्यको माग र छिमेकी राज्य सिक्किमका मुख्यमन्त्री पवन चामलिङद्वारा आफ्नो दल सिक्किम प्रजातान्त्रिक मोर्चाको पूर्ण समर्थन छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई दिइएको सन्दर्भमा व्यक्त गरेका हुन्। उनले भारतीय पत्रकारहरूले नेपालको समर्थन गोर्खाल्याण्डबारे रहेको कुरा उठान गर्दा आफ्नो वैचारिक दूरी स्पष्ट पार्दै कुनै टिप्पणी गरेनन्। पत्रकारहरूको भारतीय टोलमा नयाँ राज्य झारखण्ड र तेलङ्गनाका प्रतिनिधिहरू पनि सामिल थिए।

Powered by Blogger.