Header Ads

विशेष आलेख : नेपाली भाषा संग्रामीहरूको खिल्ली उडायौँ - छेवाङ योञ्जन


- छेवाङ योञ्जन

उता सरहरू भाषा मान्यताको आन्दोलन लड़्दै थिए। यता हाम्रा सरहरू पाठशालाहरूबाट नेपाली माध्यम फ्याक्न आतुर थिए। अहिले हिसाब गर्दा गज्जबको आकड़ा निस्कियो। 20 अगष्ट 1992 मा नेपाली भाषाले मान्यता पाएको आधिकारिक घोषण दिल्लीबाट भयो। त्यसै सालदेखि पहाड़का शैक्षिक संस्थानहरूले नेपाली माध्यम फ्याक्न थाल्यो। आज भाषा प्रेमी साथीहरूले पनि विज्ञापनको होडिङ बोर्ड चै नेपालीमा लेख्नु पर्छ भन्ने तर्क राख्दा सीके सर,  एनोस दास प्रधान,  जेबी राई,  दिलकुमारी भण्डारीहरूले गरेका भाषा आन्दोलनको योगदानको ठाड़ो ब्यङ्ग्य गरेका हुन् कि भन्ने फिल भइरहे'छ। भाषाको धरातल  'शैक्षिक संस्थानहरू'बाट चै नेपाली माध्यम हटाउने, डम्बर चोक र चौरस्थाको होडिङ बोर्डमा चै नेपाली लेखेर भाषाको व्यवहारिक प्रयोग र विकासको बोक्रे तर्क राख्ने साथीहरू नै भाषिक अतिक्रमणका जिम्मेवार हुन्। त्यत्रो आन्दोलन गरेर भाषा मान्यताको विजय प्राप्त गर्ने संग्रामीहरूले आज होडिङ बोर्डको तर्क देख्दा  उनीहरू लाजले कतिसम्म पानी पानी बनिरहेका होलान्। हैट!  भाषा संग्रामीहरूको खिल्ली उडायौँ हामीले।


Powered by Blogger.