Header Ads

दिल्लीका गोर्खाल्याण्ड जनआन्दोलनका कार्यकर्ताहरूले भेटे सिक्किमका मुख्यमन्त्री चामलिङ




दिल्लीमा गोर्खाल्याण्डको जनआन्दोलनलाई उर्जा प्रदान गर्दै अग्रगतिमा अघि बढाइ रहेका युवा गोर्खाल्याण्ड कर्मीहरूको एउटा टोलीले दिल्ली यात्रामा रहेका सिक्किमका मुख्यमन्त्री तथा गोर्खाल्याण्डका समर्थक पवन चामलिङसित भेटघाट गरेका छन्।  केही दिन अघि सिक्किम हाउसमा मुख्यमन्त्रीलाई भेटिएको बताइएको छ। जहाँ अहिले दिल्लीको आन्दोलनलाई बलियोसित आड प्रदान गर्ने बन्दना राई, बिनिता लेप्चा र सिक्किमबाटै राजधानीमुखी आन्दोलनलाई सघाउ पुऱ्याउन गएकी प्रिमुला भण्डारीले मुख्यमन्त्री चामलिङसित भेट गरेर सकरात्मक कुराकनी गरेका छन्। प्राप्त जानकारी अनुसार भेटघाटमा मुख्यमन्त्री चामलिङले कुराकानीमा जुन सकरात्मक मन्तव्य व्यक्त गरेका थिए त्यसले गोर्खाल्याण्ड जनआन्दोनलको निम्ति थप उर्जाको काम गर्ने र यो आन्दोलन निरन्तर जारी राखेर लक्ष्य प्राप्तिपछि मात्र विसाउनुपर्ने विषयमा आन्दोलनकारीहरू प्रतिबद्ध भएका छन्।

मुख्यमन्त्री चामलिङ अहिले राजधानी दिल्लीको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण धेरै दृष्टिले महत्वपूर्ण बताइएको छ।  मुख्यमन्त्री चामलिङले दिल्ली जान अघि आफ्नो एसडीएफ पार्टीबाट ऐतिहासिक फसेला लिँदै गोर्खाल्याण्डको समर्थनमा प्रस्ताव पारित गरेका थिए। यस भन्दा अघि 20 जूनको दिन केन्द्रिय गृह मन्त्री राजनाथ सिंहलाई पत्रचार गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति गत्तिलो दलिल प्रस्तुत गरेका थिए।


फोटोः दिल्लीमा मुख्यमन्त्रीसित जनआन्दोलनका कर्मठ कार्यकर्ताहरू (स्रोतः प्रिमुला भण्डारी)
Powered by Blogger.