Header Ads

GJM केन्द्रीय समिति सभाको निर्णय पश्चात गोरखाल्याण्ड प्राप्तिको जनक्रान्तिको घोषणा


दार्जिलिंग : गोरखा जनमुक्ति मोर्चा केन्द्रीय समिति सभाको निर्णय पश्चात निम्नलिखित प्रस्तावित घोषणाहरू गरिएको छ :

1. जन-आकांक्षालाई शिरोपर राखी गोरखाल्याण्ड प्राप्तिको जनक्रान्तिको घोषणा ।

2. 13 जुन (मंगलबार) सर्वदलीय बैठक बोलाइने । आगामी 12 जुन सोमबारदेखि सम्पुर्ण पहाडका जीटीए , राज्य अनि केन्द्र सरकारको सम्पूर्ण आफिसहरू बन्द रहनेछ । केवल स्वास्थ्य , पानी , Conservancy , Fire Services , Electricity Dept. को Emergency Services , Disaster Management र Court यस बन्दबाट छुट दिइएको छ - खुल्ला रहनेछ । 27 जुनदेखि 30 जुनसम्म आफिसहरू खुल्ला रहनेछ ।

3. बैंक अनि पोस्ट आफिसपनि सोमवार र बिहिबार बाहेक अन्य दिनहरू बन्द रहनेछ । 27 जुनदेखि 30 जुनसम्म बैंक र पोस्ट आफिसहरू खुल्ला रहनेछ ।

4. अब उसो दार्जिलिङ पहाड, तराई र डुवर्सको नेपालीभाषी गोरखा बहुलिय क्षेत्रहरूमा सम्पुर्ण Signboards हरू केवल नेपाली र अंग्रेजीमा मात्रै लेखिनुपर्नेछ ।

5. राज्य सरकारको Revenue earning विभागहरू जस्तै बिजुली विभाग, कोइरीहरूको कर लिने आफिसहरू पनि बन्द रहनेछ ।

6. प्रत्येक सोमबार आ-आफ्नो वार्ड , शाखाहरूमा बेलुकी 7 बजे 8 बजेसम्म राॅके जुलुस निकाल्ने पर्नेछ ।

7. प्रत्येक बिहिबार र आइतबार दार्जिलिङ बजार , कालिम्पोङ बजार , खरसाङ बजार र मिरिक बजारमा Mass Rally निकाल्नुपर्नेछ ।

8. गोरखाल्याण्डको Signature Campaigning गरिनेछ ।

9. शीघ्र गोजमुमो टोली प्रधानमन्त्री र गृहमन्त्रीसित गोरखाल्याण्ड विषय भेट गर्न जानेछ ।

10. गोजमुमो अध्यक्ष विमल गुरूङज्युले गृहमन्त्री राजनाथ सिहंलाई आज 10 जुन गोरखाल्याण्ड विषय पत्राचार गर्नुभएको छ ।


Powered by Blogger.