राष्ट्रीय राजधानी दिल्लीमा गोर्खाल्याण्डको मागमा विराट बाइक ऱ्याली, राज्य मागको आवाज बुलन्द
नयाँ दिल्ली : गोर्खा ब्रदर्श को आवहान र नवनिर्मित सर्बदलीय समिति"गोर्खाल्याण्ड संयुक्त शंघर्ष समिति" को आयोजनामा राष्ट्रीय राजधानी दिल्लीको महिपालपुरदेखि लिएर मजनु का टिल्ला,राजघाट, लाल किल्ला, बार खम्बा रोड हुँदै जन्तरमन्तरसम्म बाईक ऱ्याली आयोजन गरियो। ऱ्यालीमा एक सयभन्दा धेरै बाईकर साथै गाडीहरुले पनि भागलिएका थिए । पश्चिम बंगालको दमनकारी नीतिको बिरोध र छुट्टै राज्य गोर्खाल्याण्डको शिघ्र निर्माणको मांग गर्दै उक्त ऱ्यालीले पूर्वनियोजित मार्गद्वारा दिल्लीको परिक्रमा गरे भने राजघाटमा गांधीजी को शहीद बेदीमा नमन गर्दै जन्तरमन्तरसम्म आइपग्यो।
जन्तमन्तरमा आज जन आन्दोलनको आवाज बुलन्द गर्न हजारौको संख्यामा एन सी आर बासी गोर्खाहरु जम्मा भएका थिए। उक्त ऱ्याली संगसंगै जन्तर मन्तरमा भब्यरुपमा सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो जसमा एन सी आर बासी गोर्खाहरुले देश भक्ति गीतहरु गाउदै राष्ट्रप्रतिको गोर्खाहरुको प्रेमलाई दर्शाए भने गोर्खाल्याण्ड को मांगमा पनि गीतहरु गाएर मुद्दाबारे सर्व साधारणलाई अवगत गराउने काम गरे।
अर्कोतिर आउँदो आइतबार 9 जुलाईको दिन राजघाटदेखि जन्तरमन्तरसम्म विराट पैदल यात्रा निकाल्दै गोर्खाल्याण्डको मागलाई राजधानीमा अझ मुखर पार्ने निर्णय गरिएको छ।
/ धेरै चित्रकारहरुले जन्तरमन्तरमा नै गोर्खाल्याण्डको मांग बारे चित्र बनाएर चित्र प्रदर्शनी गरे। ऱ्यैलीदेखि लिए कार्यक्रमको अन्तसम्म एनसीआरकागोर्खाहरूले उत्साहको साथमा भाग लिँदै गोर्खाल्याण्डको माग चाँडो भन्दा चाँडु पुरा गरिनुपर्ने माग दह्रिलो सित राखे।
- हाम्रो खबर
Post a Comment