Header Ads

मिरिकमा बसेको सर्वदलीय बैठकमा लिईएका महत्वपूर्ण निर्णयहरू पढ्नु होस



आज मिरिकमा बसेको सर्वदलीय बैठकमा लिईएका महत्वपूर्ण निर्णयहरू यस प्रकार छन्-

१- १५ जुलाई देखि सम्पूर्ण राजनैतिक दलका नेतृत्वहरूद्वारा दार्जिलीङको चौरस्तामा आमरण अनसन बस्ने।

२- १३ जुलाईमा भानु जयंती 'गोर्खा एकता दिवस' को रूपमा पालन गरिने।

३- १३ जुलाईमा बंगाल सरकारले प्रदान गरेको सम्पूर्ण मान-पदवी, सम्मान औ पुरस्कारहरू सरकारलाई नै फर्काईने।

४- १४ जुलाई साँझ ६ बजीसम्म सम्पूर्ण विकास बोर्डका अध्यक्ष र उपाध्यक्षले राजिनामा दिईसक्नु पर्ने समयसिमा निर्धारण, यदि उक्त समय भित्र राजिनामा नदिए उनीहरूलाई 'गोर्खाल्याण्ड विरोधी' घोषणा गरिने।

५- पहाड़मा बंगाल सरकारले गराएको सम्पूर्ण हिंसात्मक घटनाहरूको सीबीआई जांच हुनुपर्ने।

६- १४ जुलाईमा खाद्यान्न औ दैनिक उपभोग्य सामानहरू बोकेका वाहनहरू दार्जिलीङ पहाड़ औ सिक्किम आउन नदिएको विरोधमा जिल्लापाल र महकुमा शासक को कार्यालय घेराउ गरिने।

७- अनिश्चितकालिन पहाड़ बन्द जारी रहने।

८- १९ जुलाई देखि सम्पूर्ण पहाड़वासीहरू सिलगड़ी, तराई औ डुवर्स झरेर धर्ना, जुलुस, पथ-सभा आदि गरिने साथै झोला बोकेर 'रासिन थाप्न जाँउ' अभियान शुरू गरिने।

९- अर्को बैठक १८ जुलाईमा बस्ने तय।
Powered by Blogger.