110 मिटर लामो राष्ट्रिय ध्वज लिएर अल्ग राज्य गोर्खाल्याण्डको पक्षमा शान्तीपूर्ण ढंगमा पदयात्रा
नयाँ दिल्ली : गोर्खा संघर्ष समिति (दिल्ली) को आयोजनामा आईतबारको दिन हजारौंको संख्यामादिल्लीवासी एवं संघ-संस्थाका सबै सबै गोर्खा समुदायले पहाड़मा टी.एम.सी. सरकारद्वारा खटाइएको केन्द्रीय आरक्षित पुलिस बलद्वारा हाम्रा पहाड़को छोराहरू माथी गोली चलाएर हत्या गरेको र यस्तो निच्च कामको बिरोधमा राजघाट देखी जन्तर-मन्तर सम्मन् एक सय दस मिटर लामो राष्ट्रिय ध्वज (तिरंगा) लिएर अल्ग राज्य गोर्खाल्याण्डको नारा लगाउदै शान्तीपूर्ण ढंगमा पदयात्रा जन्तर-मन्तर आइपुगे पश्चात् जनसभामा परिणत भयो। हाम्रो यसप्रकारको तिरंगाको पनि सम्मान गर्दै शान्तीपूर्ण ढंगमा गरिएको पदयात्रालाई नियन्त्रण गर्न करिबन दुइ हजार पुलिसकर्मिहरू खटाइएको थियो भने शान्तीपूर्ण ढंगमा गरिएको यस पदयात्रालाई दिल्ली पुलिसका आला अफसर एवं पुलिसकर्मिहरूले पनि यसलाई सरहाना गरे।
दार्जीलिङबाट पनि गोर्खाल्याण्डको मागलाई साथै यस ऐतिहासिक पदयात्रा एवं जनसभामालाई समर्थन गर्न सर्वश्री डा. हर्कबहादुर छेत्री, दावा पाख्रिन, प्रताप खाति, किशोर प्रधान, आकाश लामा, भरत बस्नेत सिकिमबाट, प्रो. मुनिष तामंग, नेपाल बर्मण (राजबंशी) पनि उपस्थित थिए। सबै उपस्थित वक्ताहरूले गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा सञ्चालित साझा मञ्चलाई सहराना गरे साथै गोर्खाल्याण्ड प्राप्तिको निम्ति साझा मञ्चनै अन्तिम विकल्प हो भन्ने आफ्नो विचार राखे। उक्त पदयात्रामा एन.सी.आर वासी गोर्खाहरूले अति शिघ्र छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण गरिनुपर्छ भन्दै तत्कालिन केन्द्र सरकारको हस्तछेप तीन बुंधे समस्या समाधान हुनुपर्छ जसमा पहिलो यथाशिघ्र पहाड़बाट केन्द्रीय सुरक्षाबल हटाइनुपर्छ दोस्रो डी.जी.पी. लाई तुरन्त निश्कासीत गरिनुपर्छ साथै अविलम्भ बंगालमा राष्ट्रपति शासन लगाईनुपर्छ।
अब यो गोर्खाल्याण्डको अन्तिम आन्दोलनले पूर्ण रूपमा जन आन्दोलनको रूप ली सकेको हुनाले अब यो गोर्खाल्याण्डको आन्दोलनको मशाल जलाइ राख्नु लागी र जन आवाजलाई निरन्तरता दिनको लागी यो साझा मञ्चमा भारतव्यापी गोर्खाहरूलाई आह्वान उक्त कार्यक्रमबाट गरिएको छ।
पहाड़मा सामूहिक आन्दोलनको निम्ति गठन गरिएको नव-निर्मित कमिटि जी.एम.सी.सी ले पूर्ण रूपमा पार्दशिताको साथमा काम गर्नुपर्ने छ अनि छु्ट्टै राज्य गोर्खाल्याण्ड भन्दा एक सूत पनि तलको कुनैपनि व्यवस्थालाई स्वीकार गर्न पाउने छैन भन्ने मन्तव्य जी.एस.एस.एस. को तर्फबाट ट्टकारो रूपमा राखीयो । उक्त कुरालाई ध्यान नदिएर कुनै व्यवस्था स्वीकार गरेमा जन आक्रोशको सामना गर्नुपर्ने छ अनि पूर्ण रूपले यस कुराको जीम्मेवार जी.एम.सी.सी. ठहरीनेछ।
जी.एम.सी.सी.को प्रतिनिधिहरू सरकारले बोलाएको गोर्खाल्याण्डको एजेण्डा भएको वार्ता बाहेक आरू कुनै वार्तामा भाग लिन पाउने छैन। जी.एम.सी.सी को कुनै सभामा सबै राजनैतिक दलका अध्यक्षहरूले पनि सहभागीता देखाउनुपर्ने सुझाउ जी.एस.एस.एस.ले जनाएका छन्।
दिल्लीमा भएको सबै कार्यक्रमहरू जी.एस.एस.एस. ले गरिएको हो जस्तै गृहमंत्री राजनाथ सिंह ज्यूको नीजि निवासमा जी.एस.एस.एस. का कार्यकर्ताहरूले गरिएको खबर पनि गोजामुमोले गरेको हो भनी जुन खबर हिमालय दर्पणमा छापामा आएपछि सबै दिल्लीवासी अच्मबित अनि यसप्रकारको चतुराइले आफ्नो दलको नामलाई शिर्षमा राख्ने भद्दा विचारलाई जी.एस.एस.एस.ले घोर भत्सर्ना गरेको छ। भारतको गृहमन्त्री श्रीमान राजनाथ सिंहको घरमा धरना र प्रतिबाद जनाउन पनि गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिका प्रतिनिधिहरूनै गएका थिए साथै थानामा आठ घण्टा पनि थुनुवा परेका थिए ।
9 तारिखको पदयात्रा जी.एस.एस.एस.को आयोजनामा भएको दिल्लीलाई मात्र होइन तर भारतको सबै राज्यहरूमा बस्ने गोर्खाहरूलाई समेत थाहा छ कि यो कार्यक्रमको आयोजक को थियो भनेर जान्दै जान्दा पनि कैयौ पत्र-पत्रिकामा एवं राष्ट्रिय टेलिभिजनहरूमा समेत गोजामुमोको आयोजनामा गरिएको हो भन्ने खबरहरूले गोर्खाहरूमा गोजामुमो प्रति अझै विश्वास कम भएर गएको छ अनि गोर्खाल्याण्ड प्रति जात, धर्म र पार्टी देखि माथि उठेर आएको जनताहरूमा नचाहिदो विभ्राणती फैलिएको छ।
अन्तमा जी.एस.एस.एस. सबै गोर्खा अगोर्खाहरूको राजनैतिक, आ-राजनैतिकि,सामाजीक, संघ-संस्था साथै व्यक्ति विशेषहरूलाई पनि गोर्खाल्याण्डको आन्तिम लड़ाईलाई फतेह गर्नको निम्ति साझा मञ्चबाट उक्त लड़ाईलाई निरन्तरता दिने आह्वान गर्दछ।
Post a Comment