Header Ads

गोर्खाल्याण्ड को-अर्डिनेशन कमिटीको पहिलो बैठकमा लिएको प्रस्तावहरु पढ्नु होस्




कालेबुंग : आज गोर्खाल्याण्ड को-अर्डिनेशन कमिटीको पहिलो बैठकमा जारी बिगेप्तीहरू निम्न प्रकारले उल्लेखित गरीएको छ।

1.अनिश्चितकालिन बन्द जारीरहने।

2.१८ जुलाई गोर्खाल्याण्ड कोअर्डिनेशन कमिटीको अर्को बैठक।

3. डुवर्स-तराईबिनाको गोर्खाल्याण्ड स्वीकार्य हुनेछैन ।

4. डुवर्स-तराईमा नयाँ रणनीति र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने मार्गचित्र बनाइनेछ।

5. कालेबुङमा हिजोको घटना पुलिसले उत्तेजना सिर्जना गरेर घटेको ठहर गर्दै गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले त्यसको कड़ा शब्दमा निन्दा गरेको छ ।

6. डुवर्स र सिलगढ़ी-तराई क्षेत्रमा सरकारका अधिकारी र पुलिस मिलेर नै पहाड़मा खाद्यान्नको नाकाबन्दी गरेको छ। पहाड़मा बेबी फुडहरूसमेत पठाउन निषेध गरिएको छ। यस अवधि पहाड़मा कसैको मृत्यु भए त्यसको सम्पूर्ण दायी पश्चिम बंगाल सरकार हुनेछ ।

7. बैठकमा कानुनी, मानवाधिकारवादी प्रकोष्ठ बनाइएको छ, जसले सम्पूर्ण तथ्यांक संकलन गरेर चाँड़ै कानुनी कारबाही र मानवाधिकार हननका मुद्दाहरू पश्चिम बंगाल सरकार र प्रशासनविरुद्ध लगाउनेछ ।

8.गोर्खाल्याण्डको आन्दोलन जरीरहने।
Powered by Blogger.