पैह्रोको चेपेटामा रिम्बीक लोधोमा विभिन्न गाउँ सरकारी निकायको आँखा नपुगेको जनगुनासो
संजय निरोला
रिम्बीक : गोर्खाल्यान्ड आन्दोलनको नागमा सिथिल भएको पहाडमा प्रकितिको काहालीलाग्दो प्रकोपले शिथिल बनाउने क्रम निरन्तर बडेको छ यसै क्रममा गत केही दिनदेखि लगातार रूपमा परेका भीषण झरीले बिजनबारी खण्ड अन्तरगतका रिम्बीक लोधोमा समष्टिका विभिन्न ग्राम पन्चायत केहि गाउँहरुका घरमा सन्नाटा छाएको छ भने घेरै क्षति पुराएको छ।कसैको घर पहिरोको चपेटामा परेका छन त कसैको फसल उत्पादन गर्ने बारी खोलाको चपेटामा पर्यो त कसैको सुक्खा जमीन पहरामा परिणत यस्तै दु:खद छन गाउँहरुको हाल लगातार परेको पानीले बर्खे खोलाको उग्र रूपले कतिपय गाउँको नक्शा परिवर्तन भएको देखिन्छ ।पैहोको चपेटामा परेर दजनौ घर परिवार बिस्थापित भएका छन त राहत सामग्री नपाए पछि पिडित परिवार ठूलो संकटमा पर्न थालेका छन।पैहोले सिरिखोला ग्राम पन्चायतको सिरीखोला सेपी ,साऊदेन लगायत गाउँका धेरै परिवारलाई उठिबास बनाएको छ।
मुख्य रूपमा पहिरोको भीषण असर सिरीखोला सेपीका छतर शेर्पाको नवनिर्मित घरमा परेको छ उनलाई के थाहा उनले हजारौं सपना साचेको घरमा प्रकितिको लाठी बर्सिन्छ भनेर उनको घर हाल लगभग पहिरोको मद्यमा छ अहिले उनलाई गाउँलेहरुको सहयोगले रिम्बिक बजारमा सुरक्षित रूपमा राखिएको छ उक्त भीषण पहिरोको चपेटामा उनको सम्पूर्ण जमीन परेर छ भने पिडित परिवारलाई उठिबास लगाएको छ। पैहोले नजिक रहेको आधा दर्जन घरका परिवारलाई पनि त्रासमा पारेको छ भने सुरक्षित स्थानहरुमा सारिएको छन।दिनप्रतिदिन बडदै गएको भीषण पैहोले नजिकैको सिरीखोला गाउँलाई समेत भयभीतमा पारेको छ भने पैहोले सिरिखोला देखि सेपीसम्म जाने नवनिर्मित पीडव्लुडीको सडकको आधा किलोमीटरको भागलाई बगाएर लगेपछि धेरैवटा गाउँका मानिसहरुको सम्पर्क ठप्प भएको छ।
हालसम्म पैहोले कसैको ज्यान नलिएको भए पनि पिडित परिवारलले धेरै गुमाएका छन भने हालसम्म कुनै रूपमा राहतहरु नपाएको गुनासो छ पीडितहरुको बिभिन्न ठाउँमा पिडित परिवारलले राहत सामग्री पाईरहेका छन तर रिम्बीक लोधोमा क्षेत्रमा यति ठूलो घटना घटिसक्दा राहत टोलीको अत्तोपत्तो नभएको गोर्खा जनमुक्ति मोर्चा समष्टि कमिटी सदस्य निमा शेर्पाको गुनासो रहेको छ।घटनाको विवरण दिँदै निमा शेर्पाले पैहोले छोतर शेर्पाको घर लगभग बगाएर लगिसकेको छ भने यसै पैह्रो छेवैमा रहेको छिरीङ शेर्पा छाम्बा शेर्पा घरलाई पनि पैहोले क्षति पुराउने सम्भावना रहेपछि उनीहरू सुरक्षित ठाउँमा राखिएको छ भने पैह्रो छेऊ छेऊमा रहेको अनेकौं घरहरूलाई पनि क्षति पुराउने देखिन्छ ।सिरीखोला सँगै सेपी पहलमान राईको घर माथिबाट पहरा नै धसिएर आए पछि सपरिवार जोखिममा परेका छन।पानी झरीले क्षेत्रका धेरैवटा गाउँ सम्म पुग्ने सडक पैह्रोले बगाएर लगेपछि मानिसहरू एक गाउँ देखि अर्को गाउँका मानिसहरुसग सम्पर्क गर्न सकेका छैनन्। पैह्रो पिडितहरूको पक्षमा बोल्दै निमा शेर्पाले पिडित परिवारहरूलाई सम्बन्धित् बिभागका अधिकारीहरूले चाँडो भन्दा चाँडो क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन ।
याद रहोस् गत बर्ष देखि युद्धस्तरमा चलिरहेको सिरीखोलाको दुई किमी सडक लगभग आधा भाग पैहोले चपेटामा लिईसकेको छ भने पैहोको चपेटामा छेवैमा रहेको लगभग छ वटा सरकारी तथा निजी होटल पनि पर्ने प्रबल सम्भावना छ ।वृहत् रूप लिँदै गएको पैहोले खोला समेत थुनेको छ भने खोला थुनिए पछि अन्य गाउँका मानिसहरु भयभीत हुन थालेका छन।
अर्कोतिर मुसलधारे परेको पानीले रिम्बीक बजार नजिकै साऊदेन गाउँका बुध्दि राज लेप्चाको परिवारलाई पनि उठिबास लगाएको छ।घरदेखि केहि माथिबाट झरेको पैहोले घर पुरेपछि गाउँलेहरूको सहयोगमा परिवारलाई रिम्बीक सार्वजानिक भवनमा राखिएको छ।पैहोले घर काम नलाग्ने बनाएपछि बुध्दि राज लेप्चा सार्वजानिक भवनमा सहयोगको झिनो आशामा बसिरहेका छन् भने हालसम्म कुनै सरकारी सहयोग पाएका छैनन् । यसैगरी दिल्पा गाउँमा पैहोले उत्पात मचाए पछि धेरैवटा घरका मानिसहरू अन्यत्रै बास बसिरहेको थाहा लागेको छ ।
जानकारी अनुसार दिल्पा निवासी हर्क बहादुर थापा, याम बहादुर थापा, जीत बहादुर थापा, खडक बहादुर लिम्बु, मिङ्मा छोतर शेर्पा लगायत धेरैको घर तथा जमीन पैहोको चपेटामा परेको जानकारी छ। यसबाहेक अन्य गाउँहरूमा पैहोले सानोतिनो क्षतिग्रस्त पारेको खबरहरू प्राप्त भईरहे पनि हालसम्म विभागबाट सहयोग नपाएको एवम् सरकार पक्षबाट क्षतिग्रस्त ठाउँहरूको सही लेखा जोखा नगरिएको प्रशस्त जन गुनासो आईरहेको छ। गोर्खाल्याण्ड राज्य मागमा पहाडव्यापी बन्दले सम्बन्धित निकायहरू अचल रहिकै कारणले उचित राहत सामग्री लिएर आऊन असमर्थ रहेको हो या सम्बन्धि बिभागहरुले खबर नपाएकै हो यसबारे खुलस्त रूपमा खबर पाउन सकिएको छैन।
Post a Comment