३८ नम्बर समष्टि कालेबुङ क्षेत्रबाट सिङ्गापुरका दाजु भाईहरूले आफ्ना गाउँलेहरूलाई खाद्यान्न सामग्री सहयोग
पुरण
गिरी
कालेबुङ : गोर्खाल्याण्डको मागमा भइरहेको अनिश्चितकालिन
बन्दले भने ग्रामीण क्षेत्रमा बन्दको कारण खाद्यान्नको
सङ्कटलाई ध्यानमा राखेर लदाम बस्ती, लाभा-लिङ्गसे ३८ नम्बर समष्टि कालेबुङ
क्षेत्रबाट सिङ्गापुरमा गएका गोर्खाली दाजुभाईहरूले आफ्ना गाउँलेहरूलाई
खाद्य सामग्री सहयोग गरीएको थियो। बिदेशी गुप्रका सदस्यहरू क्रमैले सुधन
गुरूङ,मोहन गुरुङ, बिपन गिरी,दिनेश गुरूङ, डीबी गुरूङ,प्रकाश गुरुङ,हिरण
गुरूङ,रोसन गुरुङ अनि सुमन गुरुङद्वारा बिदेशमानै रहेर पनि आर्थिक राशि
लकभक ८३,००० हजार रुपैयाँ संग्रह गरी लदाम बस्ती क्षेत्रको सबै गाउँहरू
रिसाब,सेउले,पोखरी डाँडा,रबेक,गिरी गाउँ,स्कूल डाँडा,गैरी गाउँ,लेप्चा
गाउँ,डाँडा गाउँ अनि ढाँडा गाउँ मा कुल ३०० परिवारहरू मध्धे २५०
परिवारहरूलाई समाजका प्रतिनिधिका सहयोगमा खाद्यान्न सामग्री वितरण गरिएको
थियो।वितरण गरिएको सामग्रीमा कुल ५२ बोरा चामल र १६ टिन तेल थियो भने
परिवारमा कम्ती सदस्य भएकोलाई १६ केजी चामल अनि परिवारमा बेसी सदस्य
भएकोलाई २५ केजी चामलर आधा केजी तेल वितरण गरिएको थियो।खाचो परेको समयमा
मनिसहरुलाई यतिले पनि धेरै सहयोग पुगेको गाउँलेहरूले खुशी प्रकट गरे।यस
कार्यक्रमलाई सफल तुल्याउने सहयोगीहरू रिसाब युवा सङ्गठन र गाउँको सबै
मानिसहरू थियो।
[फोटो सहयोगी मदन राई अनि दिनेश गुरूङ]
Post a Comment