दसैँ र तिहार भन्दा पहिला बन्द नखोलिदिने GSSS द्वारा सर्बसाधारणलाई निबेदन।
तिनमहीनाको लग लाग्न आँटेको बन्दले सम्पूर्ण पहाड़को जनता पिरोलिएको बेला चाँढ़-बाँड को मुखैमा बंद खोलीदिए जनतालाई झन ठूलो मर्का पर्नेछ। आफ्नो नियमित बेतन नपाएको, कमानबासीहरुले खर्च नपाएको,ड्राइभर, दैनिक मजदूरी गर्नेहरुको त बन्दको पहिलो दिनदेखिनै आफ्नो आयश्रोत ठप्प भएकोले गर्दा परिवारको हातमुख जोड़न सम्म मुश्किल परिरहेको बेला यो चाँढ़-बाँड जनतालाई भारी माथि सुपारी मात्र हुन्छ भने चरममा पुगेको आंदोलनमा बिराम पनि लाग्ने सम्भावना देखिन्छ। यत्रो दिनको बन्दले पनि सरकारलाई चेपारोमा पार्नुभन्दा बेसी आफ्नै जनतालाई नै मर्कामा पारेको छ भने अबो बन्द खोलिन्दा पनि झन ठूलो मुसीबत आमजनतालाई नै हुने देखिन्दै छ।
सबैतीरबाट आयको श्रोत बंद भएको बेला अनि आफ्नो जेजति जोहो गरेको पैसा पनि बन्द अवधि महँगो दाममा सरसमान किन्नू पर्ने बाध्यताले सकिदियो। बन्दको फायदा उठाएर ब्लैक गर्ने समूहहरुले भरपूर कमाई गरेपनि सीधा-साधा जनता भने आफ्नो परिवारको भरण पोषणको निम्ति आफ्नो मंगलसूत्र सम्म बेचन बाध्य बनेको छ। यस्तो अवस्थामा चाँढ़-बाँड मनाउनु,ईस्ट मित्र टारनु, नानीहरुको लुगाफाटो को इच्छा पूरा गरिदिनु, देवसे भइले इत्यादि आम जनताको निम्ति बज्रघात नै हुनेछ।
यसले जनताको मनोबल र आंदोलन गर्ने इच्छाशक्ति सकिएर जानेछ। यस्तो समयमा बन्द खोलाउनुले फाइदा भनेको बंगलपन्थी शक्तिहरुलाई नै हुनेछ अनि तलका ब्यापारीहरुको निम्ति मात्रै यो फाइदा जनक हुनेछ/ हाम्रो बन्द योजना बिहिन भएकोले गर्दा र कुनैपनि विश्लेषण नगरी गरिएको हुँदा यसले सरकारलाई चाप दिनुको साटो आफैलाई घात पुराएको छ भने अहिले गएर कुनै उपलब्धि बिना नै अनि कुनै बैकल्पिक रणनीति बिना नै बन्द खोले यो बन्दरुपी आन्दोलन लाटाको धोति नै हुनेछ भने यो चाँढ़-बाँड हाम्रो निम्ति खाई न पाई छाला को टोपी लाई जस्तै हुनेछ/जसरी बिगत ईद मा हाम्रा पहाडका मुस्लिम समुदायले गोर्खाल्याण्डको निम्ति आफ्नो चांड नमनाउने भन्दै आन्दोलनलाई समर्थन गरेका थिए अबो हामीले पनि एक बर्षको चांडलाई गोर्खाल्याण्डको निम्ति नमनाउने अनि आन्दोलन अवधि आफ्नो प्रणको आहुति दिने हाम्रा सहिदहरु को निम्ति यो चांड सम्पूर्ण गोर्खे सन्तानले शोकप्रकट स्वरुप बारेर हाम्रो जातीय एकताको परिचय दिने हामी GSSS को तर्फबाट निबेदन गर्दछौ/
हाम्रो यति ठुलो चांड लाई पनि हामीले हाम्रो मुद्दाको निम्ति परित्याग गर्नु गोर्खाल्याण्ड प्रति को हाम्रो योगदानको एउटा ठुलो नमुना हुनेछ भने यसले हाम्रो आन्दोलनलाई अझ ठुलो उर्जा दिनेछ/ बंगलपन्थी शक्तिको गालामा गतिलै झापट पनि हुनेछ अनि दसैं र तिहारमा कमाउला भनेर गोहीको जस्तो मुख बनाएर बसी रहेको तलका ब्यापारीहरुलाई पनि ठुलै धक्का लाग्नेछ तब मात्र बन्दको केहि भएपनि असर कलकत्ता सम्म पुग्नेछ/ हामी नेतृत्व पक्षलाई पनि निबेदन गर्न चाहन्छौ कि लुटी ल्यायो भुटी खायो गर्ने जनताको बर्तमान स्थितिलाई मध्य नजर राख्दै अहिले चाँढ़-बाँड को मुखमा बन्द खोल्ने कुरा नगरिदिनु होला बरु गर्ने नै भए बिद्यार्थीहरुको निम्ति कुनै बैकल्पिक बाटो निकालिदिनु होला जसले उनीहरुको पुरा १ बर्षको मेहेनत खेरो नजावोस।
आजसम्मको आन्दोलन जनताको जिद ले अनि जनताको चापले नै चोर बाटोतिर जानु पाएको छैन अनि अब यो आन्दोलनको अन्तिम परीक्षाको घडी छ जनताले नै यसलाई निरन्तरता दिनु पर्छ। अब जनता कसैको लोलोपोतोमा नआएर जबसम्म जनताले गरेको योगदानको प्रतिफल पाउदैन तब सम्म डटेर बस्नु पर्नेछ। हामी जनता अलिकति पनि कमजोर हुने बित्तिकै मौकाबादीहरु सरकार पक्षसित यो आन्दोलनको दामकाम मिलाएर आफ्नो गोजी भर्न तयार छ। जनता कमजोर हुनु भनेको आन्दोलन बेचिनु हो।
GSSS को तर्फबाट यो आन्दोलनलाई राष्ट्रब्यापी रुप दिने पक्षमा हामी काम गरि रहेका छौ अनि यसकै शंखघोष गर्न आगामी १० सितम्बरको दिन दिल्लीमा महाअनशन गरिरहेका छौ भने जम्मै राज्यहरुमा नै अनशन गर्दै राष्ट्रिय आन्दोलनको मैदान तयार गर्नेछौ। यसचोटी गोर्खाल्याण्ड पक्कै हुनेछ अनि हामी सहि दिशातिर बढीरहेका छौ यसर्थ जनताले आजसम्मको भोगाई र झेलेको कष्टको सही प्रतिफल पाउनु हो भने यसलाई अझ अलिकति निरन्तरता दिनु पर्नेछ/ यदि अब जनता यो घडीमा आएर थाक्यो भने जनताको यत्रो योगदानको फाइदा मुट्ठीभर नेताहरुलाई मात्रै हुनेछ अनि फेरि हाम्रो आन्दोलन बेचिने छ/
नेतृत्वपक्षलाई यो बन्द खोल्ने पहल नगरिदिने निबेदन सितै सम्पूर्ण पहाडबासी गोर्खाहरुलाई यसपाली गोर्खाल्याण्डको निम्ति, जनताले गरेको अतुलनीय योगदानलाई ध्यानमा राखेर, यसलाई अन्तिम मौका सम्झेर अनि बंगलपन्थी शक्तिहरुलाई साथै हाम्रै कतिजना स्वार्थी समूहलाई टट्कारो जवाब दिनको निम्ति बन्दलाई नाखोलिदिने निबेदन गर्दछौ !
Post a Comment