बन्दले ७९औं दिन टेक्यो, गोरूबथान- लाभामा विनय तामाङको बिरोध गर्दै खुकुरी जुलुस सम्पन्न, PHOTOS

पुरण गिरी
कालेबुङ लाभा : आज गोर्खाल्याण्डको मागमा सुरुभएको अनिश्चितकालिन बन्दले ७९औं दिन टेक्यो भने यता कालेबुङ क्षेत्रको अलगडा ब्लक टु अन्तगर्त लाभामा विनय तामाङको विरुद्धमा खुकुरी जुलुस सम्पन्न भयो भने जुलुसमा विनय तामाङको पुत्लालाई शंङ्क फुक्दै बजार परिक्रमा गरे।जुलुसमा विनय तामाङको विरुद्धमा नाराबाजी गर्दै 'विनय तामाङ थुईया,अनित थापा थुईया',हाम्रो माग गोर्खाल्याण्ड,गोर्खाल्याण्ड हामीलाई चाहिन्छ भन्ने नाराबाजीले बजार गुन्जि रहेको थियो। अन्तमा जुलुस गोरूबथान - लाभाको मटर इटानमा आएर विनय तामाङको पुत्ला दहन गरे।
Post a Comment