साङसे ग्राम पन्चायत अन्तर्गत भाँगे बस्तीमा गल्फ(GULF)पार्टीको ३० जना सदस्यहरुको कमिटी गठन
पुरण गिरी
कालेबुङ : कालेबुङमा क्षेत्रको साङसे ग्राम पन्चायत अन्तर्गत भाँगे बस्ती जनभवनमा गल्फ(GULF)पार्टीको सभा राभदेन भोटियाको सभापतित्वमा गरिएको थियो।सभामा साङसे ग्राम पन्चायतको सबै संसदबाट गल्फको प्रतिनिधिहरू उपस्थित रहेको थियो। सभामा सर्वसमिती द्वारा ३० जना सदस्यहरुको ग्राम पन्चायत कमिटी गठन गरिएको थियो।साङसे ग्राम पन्चायत सभापति प्रभात तामाङलाई चयन गरियो भने सचिव सरद योन्जन साथै २८ जना बिभिन्न पदअधिकारी लिएर कमिटी गठन गरिएको थियो।यसरीनै आगामी दिनहरूमा पनि गल्फ पार्टीले कालेबुङ लगायत अन्य स्थानहरूमा पनि कमिटी गठन गर्दै लाने कालेबुङ कार्यकारी कमिटीले जानकारी दिएको छन्। यसरीनै सचिव सरद योन्जनले भने गल्फ पार्टीको लक्ष्य केवल गोर्खाल्याण्ड हो।हामी गोर्खाल्याण्डको मांग गर्ने छौ तर जनतालाई दुःख दिने छैनौ। गल्फ पार्टी बन्दमा विश्वास राख्दैन केवल दिल्ली वार्तामा मात्र विश्वास राख्छौं।


Post a Comment