Header Ads

विदेशमा रहेर भारतमा विभिन्न सामाजिक कार्य गरिरहेकाे इण्डियन गाेर्खाज कम्पनी इज्राइलले ७ बर्ष टेक्दै



विदेशमा रहेर पनि अाफ्नाे जन्मभूमिलाई माया गर्दै विभिन्न समाजिक कार्य गरिरहेकाे  इण्डियन गाेर्खाज कम्पनी इज्राइलले  हालसम्म धेरै दार्जिलिङ पहाडमा समाजिक कार्य गर्न साथै  निम्न बर्गका एक सय भन्दा ज्यादा राेगीहरूलाई अार्थिक सहयाेग प्रदान गरेर नयाँ जीवन प्रदान गरिसकेकाे छ। इज्राइलमा कार्यरत गाेर्खहरूले २०११ सालमा उक्त संस्था गठन गरेर इज्राइलमा  कार्यरत गोर्खे सन्तानहरूलाई एक सूत्रमा बाँधेर विदेशमा कुनै पनि प्रकारको आपत विपत आईपरेको खण्डमा एउटा परिवार सरह एक भएर त्यसको समाधान गर्दै आईरहेको छ र आउने दिनहरूमा पनि गरी रहने छ भनी संस्थाका प्रबन्धक  निर्देशक नरेन लुङगेलीले जानकारी गराँउदै बिदेशमानै भएतापनि आफ्नो गाँऊ ठाँउमा कसैलाई आपत विपत आइपरे हामी सधैं सहयोगको हात बड़ाएको हुन्छौ।आज सम्म कैयौ  विमारीहरूलाई आर्थिक सहयोग प्रदान गरीसकेका छौ भनेका छन्।

 मानव सेवा नै माधव सेवा हाे भन्ने साेच राखेर संस्थाले  केही दिन अघि दार्जिलिङ राँक गार्डन नगीच बरबाेटे निवासी १६ बर्षीय मृगाैला राेगी अमिसा राईलाई तीस हजार रूपियाँ सहयाेग गरेकाे अनि अझै फेरी नानीको उपचारको लागि थप खर्च को निम्ति इज्राइलमा  कार्यरत सम्पूर्ण गोर्खे सन्तानहरूले सहयोग राशि संकलन गरिरहेकाे  अवगत गराँउदै लुङगेलीले राेगीकाे बाबा संजय राईले हामी बाट केही आर्थिक सहयोगको आशा राख्दै हामीलाई पत्र पठाएर नानीको उपचारमा दिन दिनै धेरै खर्च बड़ेकोले अनि परीवारलाई एकदमै पैसाको खाँचो भएको  बताएपछि हामीले हाम्रो संस्थामा भएको इमरजेन्सी फन्ड बाट तीस हजार रूपियाँ नानीको बाबा लाई हाम्रो संस्थाको सदस्यको आमा श्रीमती पूर्णिमा खड्का को बाहुलीबाट प्रदान गरिएकाे हाे भने।तिनले हामीले जन्मभूमिमा बसेर गाउँ समाजकाेलागि केही गर्न पाएनाै।कारण राेगारले गर्दा हामी विदेशमा छाै।

विदेशमा नै रहेर पनि अाफ्नाे गाँउमा केही सकिने समाजिक कार्य गराै भन्ने साेच राखेर संस्थाले  समाजिक कार्य गरिरहेकाे अवगत गराँउदै संस्थाले अान्दाेलनकालमा मिरिक,खरसाङ ,दार्जिलिङ अादि ठाँउका दुर्गम ठाँउहरूमा खाध्य सामाग्री पनि बितरण गरिसकेकाे अनि अायला,भुकम्पकाे समयमा पनि विभिन्न ठाँउमा राहत सामाग्रीहरू वितरण गरिसके बताएका छन्। प्रबन्धक  निर्देशक नरेन लुङगेली थापाले संस्थाले भविष्यमा अझ राम्रो  राम्रो  समाजिक कार्य गर्ने  याेजना तयार परेकाे अवगत गराँउदै संस्थामा हाल नरेन थापा,बिमला राई,सन्ताेष प्रधान,मन्दिरा जिम्बा,रितिका खडका,बिजयता सुब्बा,रन्जना शर्मा,भावना सुब्बा,भावना शर्मा,देविका राेका,हेम सुब्बा,छिरीङ दाेर्जे भाेटिया,नर्बु रूम्बा अादि पदाधिकारीहरू रहेकाे बताएका छन्। तिनले संस्थाले इज्राइलमा कार्यरत गाेर्खाहरूकाे हक र अधिकारकाेलागि पनि सक्रिय कार्य गरिरहेकाे बताए ।

No comments

Powered by Blogger.