Header Ads

मानव उत्थान सेवा समितिको आयोजनामा सद्भावना सत्संग सम्मेलन भव्यताका साथ सम्पन्न

 

सन्जय निरौला
बिजनबारी : मानव उत्थान सेवा समिति बिजनबारी तहसिल अन्तर्गत नोर शाखाको तत्वावधानमा आज सद्भावना सत्संग समारोहमा स्थानीय सुरमान गाउँमा भव्यताका साथ सम्पन्न गरियो। तहसिल प्रभारी सन्तमहात्मा कंचन बाईजी सहयोगी रंजना बाईजी र ललिता बाईजीको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिभिन्न शाखाहरुका प्रेमी भक्तहरु तथा  स्थानीय मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो। मानव सेवा दलका टोली नायक सकिल हिङमाङको नेतृत्वमा गार्ड अफ अनर गरिए पछि युवा प्रकोष्ट द्वाराका किस्मत लिम्बु अनि साथिहरु द्वारा च्याब्रुङ नाँच तथा बालसभाका नानिहरु द्वारा राष्ट्रिय र अध्यात्मिक मार्मिक भजनहरु प्रस्तुत गरे। धर्म परिवर्तन होईन मन परिवर्तन गर्न पर्छ। जातीय संस्कृति र अध्यात्मिक ज्ञानको जगेरा गर्नु हाम्रो परम कर्तव्य हो। शान्ति सद्भावना र परस्पर मित्रता नै मानवको वास्तविक गुणहरु हुन र यसको विकास गर्दै आत्म ज्ञान प्रति प्रेरित गर्नु जस्ता मुख्य उदेश्य रहेको यस कार्यक्रममा  तहसिल सचिव दिनेशा सुब्बा, महात्मा ललिता बाईजी, रंजना बाईजी, कंचन बाईजी द्वारा आशिॅवचन सहित ओजस्वी बिचारहरु राखे। स्मरणीय छ उक्त कार्यक्रम आगमी 8 नोभेम्बरमा सम्पन्न हुने परम संत श्री हंसजी महाराजजीको जन्म जयन्तीलाई पनि मुख्यत महत्व दिदै उहाँको मानव समाजको उत्थानमा दिनुभएको योगदानलाई स्मरण गरियो।

No comments

Powered by Blogger.