विनय पन्थी गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी समष्टिको प्रहिलो साङठनिक सभा संपन्न
सन्जय निरौला
बिजनबारी : कुनै पूर्व योजना र तयारी विना छुटैराज्य गोर्खाल्याण्डको दावीमा डाकिएको अनिश्चितकालिन बन्द साथै त्यस अवधी घाटित कति पय अस्वीकारिय क्रियाकलाप साथै आन्दोलनकारीहरू माथी राज्य एवं केन्द्रीय पुलिस वाहिनीको अत्याधिक चापको कारण पहाडी भेकमा लथालिङ्ग भएको गोजमुमो पार्टीको वर्चस्वलाई पुन स्थापित गर्दै पहाड़को शान्तिमय वातावरण फर्काई ल्याउने पहललाई व्यवहारिक रुप दिन विनय तामङ औ अनित थापाद्वारा संगठनिक मजबुतिकरण गतिविधि तेज गरिएको छ । यसै क्रममा विगत ३० अक्टोबरको दिन मुख्य संयोजक श्री विनय तामङ साथै दार्जीलिड महकुमा समिति संयोजक श्री सतिश पोखरेल द्वारा संयुक्त रुपमा पूलबिजनवारी गोक समष्टिको निम्ति श्री एस एम राई सभापति अनि श्री दिपक तामङलाई सचिव पदको अधिकारीक घोषणा गरेपछि यस समष्टिको दलिय ढाँचाामा थप बल पुर्याउन दिनांक 5 नोभेम्बरको दिन समष्टि नारी मोर्चाका प्रतिनिधि एवं सदस्यहरू लिएर एक महत्व पूर्ण सभा श्रीमती उमा सुब्बाको सभापतित्वमा बिजनबारी नेपाली धर्मशालामा आयोजन गरियो ।
हालैको दिर्घ कालिक बन्दले साधरण जन्ताले धेरै समस्या झेल्न पेरेको , अनेक कार्यकर्ताहरु अनावश्यक जेलमा थुना परेको , निर्दोष व्यक्तिहरू माथी पनि अन्धधुन्ध विभिन्न आरोपहरु थोपिएको कारण यस्ता नाना थरिका कानुनी पकड़ देखि निकासी दिलाउन पर्ने हुदाँ वर्तमान पार्टीको भार र दायीत्व अझ बड़ेर गएको छ भन्ने विचार राख्दै प्रमुख वक्ता समष्टि सभापतिले थपे पार्टीको हरेक कार्यक्रमलाई सफल पार्न नारी मोर्चाका दिदीवहिनीहरूको भूमिका पनि उत्तिकै रहि आएको हुनाले वहाँहरूको राजनीतिक महत्व पनि बराबर हुन पर्ने सभालाई जानकारी राख्दै अब उसो अनुशासित र पार्टीको संविधान अनुरुप प्रत्येक भातृ संगठनले दलिय निर्देशन पालन गरे कुनै प्रकारको मतभेद र स्वार्थले कदम हाल्न नसक्ने दृड़ता सभामा पोख्दै सबैले एक विचार र सोच राखेर कार्य गरे हाम्रो एकता दिगो रहने सूत्र मुख्य बक्ता एस एम राईले दिए। सभालाई समष्टि सचिव दिपक तामङ समष्टि सदस्य नवराज राई नीलम सुब्बा अनि शार्मिला छेत्रीले पनि संवोधन गरे ।समष्टिको आठैवटा खण्ड स्तरीय क्षेत्रहरूमा पनि यस्तै सभा आयोजन गर्दै समष्टि संगै शोर्ष नेतृत्वहरुको हातपनि बलियो पार्न पर्ने सुझाव सभाको सभापति उमा सुब्बाले दिए ।
Post a Comment