रिम्बिक : युवा तथा खेलकुद मन्त्रालय नेहरु युवा केन्द्र दार्जिलिङको आयोजनामा युथ डेब्लोमेन्ट कार्यक्रम
सन्जय निरौला
रिम्बिक : युवा तथा खेलकुद मन्त्रालय नेहरु युवा केन्द्र दार्जिलिङको आयोजनामा युथ क्लब डेब्लेमेन्ट कार्यक्रम रिम्बिक लोधोमा समष्टिको नामि राइजिङ स्पोर्टिङ क्लबको निजी भवनमा सस्थाका सदस्यीयहरु लगायत वरिपरिका सस्थाका प्रतिनिधिहरुको उपस्तिथिमा आयोजना गरियो। पासङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेहेरु युवा केन्द्रका बिजनबारी खण्ड नेहरु युवा भोलेण्टियर (NYV) सदस्य सन्दीप सुब्बाको मुख्य रूपमा उपस्थित थियो। कार्यक्रममा मुख्य रूपमा भारत सरकारको युवा मन्त्रालयले नेहरु युवा केन्द्रमार्फत के कस्ता कार्यक्रमहरु गर्नेछ भन्ने सर्वसाधारणलाइ जानकारी केन्द्रका सदस्य लिम्बूले बताए भने मुख्य रूपमा समाजका युवाहरूलाई प्रविधिको शिक्षाहरु कम्पुटर ट्रेनिङ, पार्लर कोर्स लगायत भोकेसनल जस्ता कोर्सहरु उपलब्ध रहेको तथा मुख्य रूपमा खेलकुदलाई प्रथामिकता दिने एव सर्वसाधारणलाई समाजलाई के कसरी अधि लगाउन सकिन्छ भन्ने जसमा स्वच्छ भारत अभियान, डिजिटल मेमेन्ट बेटी बडाउ बेटी पडाउ जस्ता सरकारको महत्त्वाकांक्षी योजनाहरुलाइ जनतासामु पुर्याउनु प्रमुख रहेको लिम्बुले बताएभने नेहरु युवा केन्द्रमा स्वीकृतप्राप्त तथा स्वीकृतनभएका सघ सस्थाहरुले सदस्यता लिनसक्ने तथा सदस्यता लिएका सस्थानहरुले युवाहरूलाई केन्दित गरि कार्यक्रम गर्ने समेत सदस्य लिम्बुले बताएका छन सरकारको कार्यक्रमलाई अनुसरण गर्दै युवाहरूलाईलाई उचित मार्गमा लगाउनेमा जोड दिने पासङ शेर्पाले बताएका छन। याद रहोस् हिजो र आज रिम्बिक लोधोमा समष्टिका विभिन्न संघसस्थाहरुसग भेटघाट गरिएको समेत युवा केन्द्रका सदस्य लिम्बुले बताएका छन।
Post a Comment