बिजनबारी पुल खण्ड अन्तरगत पहिरोले बिस्थापित परिवार बिल्लीबाठ ग्राम पन्चायत समेतले जमिनी भ्रमण नगरेको गुनासो
सन्जय निरौला
रिम्बिक : बिजनबारी पुल खण्ड अन्तरगत रिम्बिक लोधोमा समष्टिको सिरिखोला ग्राम पन्चायतको राजाभिर गाउँमा गएको भीषण पहिरोको चपेटामा पर्ने बिस्थापित परिवारहरु हालसम्म बिल्लिबाठ छन उनीहरूलाई खण्ड बिकास कार्यलयबाट पाएको पाल केहि गैरसरकारी सस्थानबाट पाएका खाने राहत समाग्रीवाहेक केहि पाएका छैनन् भने अधिकारिक रूपमा सरकारी निकायबाट जमिनी भ्रमण मात्रै नभएको पीडितहरुको गुनासो छ।
गत पहाड बन्दको समयमा भीषण पानीको कारणले रिम्बिक बजारदेखि लगभग दुई किलोमीटर टाढामा रहेको राजाभिरमा गएको भीषण पहिरोले गाउँको मानचित्र नै परिवर्तन गरेको थियो भने पुरै गाउँ नै छोड्न परेको थियो गाउँलेहरुले। गाउँमा रहेको लगभग ५० घरधुरीमा लगभग ३५ घर पहिरोको चपेटामा परेको थियो भने गाउँ नै छोड्न परेको थियो भने हालसम्म पनि लगभग १० परिवार गाउँमा फर्किन सकेका छैन उनीहरूको बस्ने न त घर नै छ न त घरबारी नै हामी त घरको न घाटको भएका छौ अन्यत्र घर भाडामा बस्न बाद्य छौ हामी सरस्व नै भयौ घरमा बस्ने आवस्था छैन दुबैपट्टिबाट पहिरो गएको छ पहिरोले एक माउ भैंसी तथा दुई माउ गाई बगाएर लग्यो घरको आवस्था हेर्दा त डाको छोडेर रुन मन लाग्छ सरकारको नजरमा हामी परेकै छैनौ सम्बन्धि पक्षबाट केहि पाउने न त आस छ न भरोसा एक पीडित रुपेश राई बताउछ्न।
हालसम्म पन्चायत पक्षबाट त निरक्षण समेत भएको छैन के आशा गर्नु उनी थपछ्न हुनसम्म भएको छ शरणार्थी समान बस्न परिरहेको छ सम्झन्दा दुख लाग्छ कता जाने के गर्ने दुबिधामा छौ।म खबरमार्फत गुहार लगाउछु कताबाट हुन्छ केहि सहयोग पाए जेनेतेने बस्ने घर बनाउने थियौ मेरो परिवार मात्रै होइन अरु परिवारको आवस्था यस्तै छ केहि परिवार गाउँमा फर्किएको भए पनि पानी परे भाग्नु पर्ने उनले बताए। याद रहोस् लगभग ५० परिवार भएको गाउँमा ३५ घर बिस्थापित बनेका थिए भने पानी पर्न छाडेपछि पुन गाउँमा फर्किएका थिए गाउँको पहिरोको आवस्था हेर्दा उनीहरूको बसाई पनि केवल हिउदे मात्रै देखिन्छ। यति हुँदापनि सम्बन्धि निकाय चुपचाप बस्नु साच्चै दु:खद देखिन्छ।
Post a Comment