रेलिङ ग्राम पन्चायत अन्तरगत लामागाउ वेलफर एसोसिएसनमा नब्बे दिने निशुल्क कम्पुटर कोर्सको शुरू
संजय निरोला
बिजनबारी : प्राविधिक शिक्षा आजको आवश्यक भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै युवा तथा खेलकुद मन्त्रालय नेहरु युवा केन्द्रको प्रायोजनमा रेलिङ ग्राम पन्चायत अन्तरगत लामा गाउँको सामाजिक सस्थान लामागाउ वेलफर एसोसिएसनमा नब्बे दिने निशुल्क कम्पुटर कोर्सको शुरुआत गरियो। नेहरु युवा केन्द्रका भोलेन्टियर सदस्य सन्दीप लिम्बुको विशेष उपस्थितमा भएको कार्यक्रममा सस्थाका युवा बेरोजगार सदस्यहरुको विशेष उपस्थित थियो नेहरु युवा केन्द्रको महत्त्वाकांक्षी कार्यक्रम अन्तरगत युवाहरूलाईलाई प्राविधिक शिक्षा दिने कार्यक्रम अनुरुप यो कार्यक्रम शुरु गरिएको हो भने उक्त निशुल्क प्रशिक्षणको निम्ति चाहिने कम्पुटर मेसिन स्थानीय बिद्यालय माउन्ट कार्मोन एकाडेमीले उपलब्ध गराएको हो तीन महिनासम्म चल्ने उक्त बेसिक कोर्सको निम्ति स्थानीय अबिशेक थापालाई शिक्षकको रूपमा नियुक्त गरिएको छ भने तीन महिनापछि मान्यताप्राप्त सटिफिकेट समेत उपलब्ध गराउने भोलेन्टियर सदस्य सन्दीप लिम्बुले बताएका छन भने पहिलो चरणमा लगभग चालीसजनाले उक्त सुबिधाको फाइदा लिने सस्थाका सचीव शरद लिम्बुले बताएका छन।
Post a Comment