Header Ads

पहाडमा विमल र रोशन इतिहासको पानामा गइसकेको छ,अब फर्किएमा राजनीतिक होइन सिधैं जेल जानेछ : विनय तामाङ


पुरण गिरी
कालेबुङ : जीटीए-२ अध्यक्ष विनय तामाङ कालेबुङ दुई दिने भ्रमणमा आए पछि डेलोमा पत्रकारहरूसँग बातचित गर्दै खुल्ला रूपमा भने दार्जिलिङ पहाडको राजनीतिक इतिहासमा आब #विमल_गुरुङ र #रोशन_गिरी इतिहासको पानामा गोइसकेको छ,आब उनीहरू फर्केर आउने छैन।फर्केर आए पनि पुलिसको हाथबाट उम्किने छैन।उनीहरू आउँछन् भन्नु पनि मुर्खता हो किन कि उनीहरूको नाममा अनेकौं मुद्दाहरू ठोकिएको छ भने आब उप्रान्त दार्जिलिङ पहाडमा आएर राजनीतिक गर्न नसक्ने ठोकुवा लगाए।

गत ३ नोभेम्बर शुक्रबार राति कालेबुङ दुई दिने भ्रमणमा आएको तामाङले भने म कालेबुङ कुनै साङ्गठनिक तथा अफिसियल तरिकाले आएको होइन तर कालेबुङको जनमानसहरू साथै यहाँको बुद्धिजिवीहरूसँग भेटघाट गर्नु आएको हो।गत ११ सेक्टेम्बरमा पनि म कालेबुङ आएर दुइदिन बसेर गएको थिए भने आब आइसकेपछि एउटा राजनीतिक गर्ने मान्छेले राजनीतिक गरेर जानु पर्छ।

उनले अझै भने म जीटीए चेयरम्यानक भएकोले गर्दा कालेबुङको बिकासको कुराहरू पनि बुझेर जानु पर्छ यसै कारण आज १० बजे कालेबुङ जिल्ला कमिटी गठन गरिने छौं भने कालेबुङमा भएको  सम्पुर्ण पार्टीको नेताहरूले पनि आएर हामीसँग सम्पर्क गरेमा हामी स्वागत जनाउने छौं तर ३० तारीख पर्खिन्छु,१६ तारीख पर्खिन्छु भन्नेहरूलाई हामी चै पर्खिदैनौं किन भने हामी माझ लिमिटेड समय भएको कारण कसैलाई पर्खिन नसक्ने कुराको खुलासा पनि उनले गरे भने हामीसँग आउँनु चाहनु हुन्छ भने आउँनु होस् नत्र बीचमा बसेर यता पनि ठिकै उता पनि ठिकै नपर्नुहोस्।

No comments

Powered by Blogger.