Header Ads

शहिद आशिष तामाङको परिवार सङ्ग GULF पार्टी सदस्य तथा IHRCCON सचिब रिसिका छेत्री अनि टीमको भेटघाट


पुरण गिरी
कालेबुङ : गत १७ जुलाईको दिन मिरिकमा लकभक साँझ ८ बजे बंगाल पुलिसले गोलि ठोकेर मंगरजंग संंखमान विलेज निवासी आशिष तामाङको हत्या गरेको थियो भने आज गल्फ पार्टी सदस्य तथा International Human rights Crime & Control Organization Nation को Secretary रिसिका छेत्री अनि टीम द्वारा शहिदको परिवार सङ्ग भेटघाट गरी उनीहरूको अवस्थाहरूको जानकारी लियो। दु:खपुर्ण परिस्थिती सङ्ग चलिरहेको शहिदको परिवारमा उनको आमा,बाबा,श्रीमती अनि एक १२-१३ बर्षिय छोरी रहेको छन् भने शहिदको परिवारको आर्थिक अवस्था पनि राम्रो नहुनको कारण बातचितमा शहिदको पिताले भने हुनत मेरो छोरा गोर्खाल्याण्डको निम्ति शहिद भएको हो तर घर-गृहस्थी चलाउने मेरो एउटै छोरा थियो आज यो अवस्थामा हामी कसरी परिवार चलाउने भन्ने गुनासो पोखे। 

यस बिषयमा रिसिका छेत्रीले भने भोलीबाट हामी सबै शहिदको परिवारहरू सङ्ग भेटघाट गरी उनीहरूको बर्तमान अवस्थाहरु कसरी चलिरहेको छ भन्ने कुराहरू जानकारी गर्ने छौं भने गोर्खाल्याण्ड आन्दोलनको समय बंगाल पुलिस प्रसाशनले १७२ जना निर्दोष गोर्खा दाजुभाइ,दिदीबहिनीहरूलाई पक्राउ गरेर बिभिन्न प्रकारको मुद्दा ठोकी राज्यको बिभिन्न जेलमा राखिएको छ।जलपाइगुडी जेलमा भएको सबै सङ्ग पनि भेटघाट गर्ने छौं भनी उनले बताए।

No comments

Powered by Blogger.