गोर्खाली सुधार सभा टीम द्वारा उत्तरकाशी गोर्खा समुदाय जनसम्पर्क अभियान एवं प्रशासन संग भेंटवार्ता, PHOTOS
देहरादून : गत दिनांक 5 फरवरी 2018 गोर्खाली सुधार सभाको सम्मानित अध्यक्ष पदम सिंह थापाको नेतृत्वमा एवटा टीम -- वरिष्ठ उपाध्यक्ष राजन क्षेत्री, उपाध्यक्ष पूजा सुब्बा, महामंत्री गोपाल क्षेत्री, प्रबंधक प्रभा शाह, क्लेमेंट टाऊन शाखा अध्यक्ष डी० एस०भण्डारी उत्तरकाशीमा़ पुगी वहाँ को गोर्खा समुदाय संग जन सम्पर्क गरी वहाँ हरू को समस्या हरू संग अवगत भये । उत्तरकाशी को ओरी पोरी को गाँव सहित डुण्डा ब्लाक को महिला, पुरुष, युवाहरू सहित बुजुर्ग हरू पनि धेरै संख्या मा उपस्थित भई आफनो समस्याहरू लियेर आयेको थियै । गरीब आर्थिक स्थिति, जीवन को मूलभूत सुविधा ले पूर्णतया वंचित, स्थानीय प्रशासन एवं सामाजिक दुर्व्यवहार ले पीड़ित, दिहाड़ी- मजदूरी गरी, किराया को घरमा रहेर जीवन यापन गरी रहे को छन ।
वहाँ हरू को मूलभूत समस्या हरू निम्न छन;---
१. भूमिहीन छन । कुछएक ले जमीन लिये छन तर प्रशासनले विदेशी भनेर दाखिल खारिज गरेन ।
२ कसै को पनि राशन कार्ड बनेको छइन ।
३, फोटो पहचान पत्र बने को छइन ।
४ स्थानीय प्रशासन ले परिवार रजिस्टर मा नाम दर्ज गर्दैन ।
५, जाति प्रमाण पत्र बने को छइन ।
६, स्थायी निवास प्रमाण पत्र बंदैन ,जबकि उनी हरू विगत 30- 35 साल देखिन वहाँ को निवासी छन ।
k
७, सरकार द्वारा मिलने सुविधा ले पूर्णतया वंचित छन ।
त्यस पछि अध्यक्षज्यु एवं समस्त टीम ले वहाँ को D.M. डॉ० आशीष चौहान संग वहाँ को कार्यालयमा भेंटवार्ता गरयो । वहाँ को बेहद सकारात्मक, सहयोगपूर्ण एवं सराहनीय प्रतिक्रिया थियो ।वहाँले लगभग आधा घंटा समय दियेर पूरा बात हरू सुननु भयो । अध्यक्षज्युले वहाँ लाई सबै साक्ष्यपत्र - 1950 को ईण्डो- नेपाल संथिपत्र , सरकारी जी० ओ० आर्डर , एवं अन्य सरकारी पत्र हरू को प्रतिलिपि हरू को फाईलसौंपे । DM साहब ले पनि स्वीकार गर्नु भयो कि यो एक बेहद संवेदनशील मुद्दा छ । साक्ष्य अभाव ले हामी हरूले पनि केहि गर्नु सके को थियेन तर अब यो प्रमाणहरूको द्वारा भरपूर सहयोग गरी इनिहरू को सबै समस्या हरू को समाधान हेतु प्रशासनीय कार्यवाही गर्ने पूर्ण आश्वासन दीनु भयो ।
गोर्खाली सुधार सभा को यो जनसंपर्क अभियानले यहीं विराम लिने छइन । हाम्रो अझै अघिको लक्ष्य पुरौला, टिहरी, पिथौरागढ़, धार्जुला, ( कुमाऊँ मंडल) छ । वहाँ पनि यस्तै जनसंपर्कगरि इनि शासन- प्रशासन संग भेंटवार्ता गरि गोर्खा समुदाय को जन समस्या हरू को समाधान प्रति अग्रसर रहने छौ ।
Post a Comment