Header Ads

दार्जिलिङ : नेपाली चलचित्र "प्रेम गीत ३" ले मच्चायो तहल्का

आउँदो सेप्टेम्बर २३ देखि विश्वव्यापी रुपमा प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र प्रेम गीत ३ को भारत प्रोमोशन उत्साहजनक भएको छ । ३० ऑगस्ट २०२२ हाम्रो स्वाभिमान को हरितालिका तीज को दिल्ली को तालकटोरा स्टेडीयम हुँदै सुरु भएको प्रोमोशनको दोश्रो सेड्यूलमा दार्जेलिङ मा साक्षात्कार गरे ।

आईसिटी हेरिटेज एजुकेशन सोसाइटी कोलकाताका विद्यार्थीमाँझ यूनिटले भेटघाट तथा रमाईलो गर्दै चलचित्रको प्रोमोशन गरेको थियो भने दिउँसो स्थानिय सञ्चारकर्मीहरु माँझ साक्षात्कार गरेको थियो । पवनदीपका साथ चलचित्रका मुख्य अभिनेता प्रदीप खड्का अभिनेत्री कृष्टीना गुरुङ निर्देशक निर्माता सन्तोष सेन सहित चलचित्रका भारतीय पार्टर सुवास काले र प्रशान्त गुप्ता सहित प्रोमोशनमा उत्रिएको प्रेम गीत ३ यूनिटले सोही दिन साँझको कार्यक्रम भने आईटिसी मलमा गर्दा माहोल अझ रोचक देखिएको थियो । पवन यसै फिल्मको एक गीत कोही ना कोही नाता है बाट संगीतकारका रुपमा डेब्यू गर्दैछन जसमा जुविन नोटियाल जस्ता बलिउडका बहु चर्चित गायकले आफ्नो आवाज दिएका छन ।

आउँदो सेप्टेम्बर २२ मा मुम्बईमा प्रिमियर सो हुने प्रेम गीतको यूनिट कोलकाता हुँदै गुवाहाटी भएर सिलोङ पुग्दा प्रदीप खड्काको क्रेज अझ धेरै देखियो । साँझको पाहुना बनेर सिलोङ पुगेका प्रदीपले यहाँका दर्शकलाई प्रोजेक्टरमा चलचित्रको ट्रेलर देखाएका थिए भने उता भोलिपल्ट दुर्गा मन्दिर पुगेर थप नेपाली दर्शकहरुलाई भे्टदै चलचित्रको प्रोमोशन जोड तोडले गर्दै दिल्ली पुगे जहां सञ्चारकर्मीहरु माँझ साक्षात्कार गरेको थियो  र हाम्रो स्वाभिमान ट्रस्ट को महासचिव अनिता क्षेत्री संग चलचित्रको प्रोमोशन को लागी वार्तालाप गरे ।

गायक अंकित तिवारी, राहत फत्ते अलि खान, पलक मुछाल, देवनेगी जस्ता हस्ती गायक गायिकाहरुले यस चलचित्रमा आफ्नो स्वर दिएका छन ।  जि म्यूजिक कम्पनीले स्याटेलाईट राईट लिदै यहि हप्ताबाट भारतका अधिकाँश टेलिभिजनहरुमा प्रेम गीत ३ को बलिउडका ए ग्रेडका चलचित्रको जस्तै गरी हुने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन ।

No comments

Powered by Blogger.