Header Ads

दार्जीलिङ : भाजपा जिल्ला समितीको प्रतिनिधी टोलिद्वारा विभिन्न विषय लिएर जिल्लापाललाई चडाए ज्ञापन-पत्र

दार्जीलिङ : आज भाजपा जिल्ला समितीको पक्षबाट एक टोलिले निम्नलिखित विषयलाई लियेर दार्जीलिङकक जिल्ला शासक समक्ष ज्ञापन पत्र चडाएका छन।

१) पहाडको धेरै गाउँहरुबाट प्राप्त जानकारी अनुसार केन्द्रीय सरकारद्वारा प्रायोजित हर घर जल योजनामा सरकारी निर्देशिका अनि योजना बमोजिम काम भएको छैन। निम्नस्तरका सामाग्रीहरु जडान गरिएको छ। काम गुणस्तरीय छैन। अति लापरवाही हुँदैछ। यस्तो लापरवाहीमाथि नागरिक प्रशासनका समयमा निगरानी गरी उचित कारवाही गरियोस्। भ्रष्टाचारमा लिप्त भएकाहरुप्रति केन्द्रीय जांच गराउने अविलम्ब प्रक्रिया गरियोस् । 

२) मनरेगा योजना ग्रामीण टाउँको विकास अनि जनताको रोजगारी सुनिश्चित गर्ने योजना हो। दार्जिलिङ पहाडमा व्यापक धाँधली भएको रिपोर्ट ने सरकारकहाँ पुगिसकेको छ। यसको उचित छानबिन विरुद्ध कार्यवाही गरेर तर योजना गरी जनताको पक्षमा झट्टै सुचारु होस् भन्ने माग गर्दछ । 

३) चियावारीको जनतालाई घर घडेरी र कृषि जमिन सबैको असली वा सक्कली पट्टा दिने व्यवस्था होस् भन्ने माग गर्दछौं। यस विषयमा जिल्ला प्रशासनको पहलमा सर्व दलीय सभा झट्ट बोलाइयोस् । 

४) सरकारी रासिन नियमित अनि स्केलमा वितरण भएको छैन। यसको कडा निगरानी गरी जनताको हक सुनिश्चित गरियोस् । 

५) सरकारी विभागहरुमा हुने नियुक्तिमा दार्जीलिङ पहाडको लागि पहाडकै शिक्षित अनि योग्य उम्मेदवारहरुलाई प्राथमिकता र अवसर दिनुपर्ने माग गर्दछौं।

यस टोलिमा भाजपा जिल्ला सचिव पि सि थापा,जिल्ला कार्यकारी सदस्य रोशन गुरुङ,भाजयुमो राज्य सदस्य सन्जीब लामा,भाजयुमो जिल्लाध्यक्ष निरज राई,कोषअध्यक्ष सावन सुब्बा, जिल्ला सोसियल मिडिया सह प्रभारी सन्जय शर्मा सदर ४ मण्डल अध्यक्ष भरत सुब्बा,पान्दम फुबछिरिङ मण्डल अध्यक्ष राजिव राई अनि अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

No comments

Powered by Blogger.