Header Ads

न्यायाधीश सौरभ सुब्बाद्वारा विध्यापिठ विश्वविद्यालय राजेस्थानबाट विध्यावारिधी (पीएचडि) सम्मान


वीर गोर्खा न्यूज नेटवर्क
दार्जीलिङ जिल्ला अन्तर्गत बिजनबारी खण्ड विकास क्षेत्रको मुर्मिदाङ्ग बस्ती निवासी, स्वर्गीय भक्तराज मादेन अनि रजुमाया मादेनको साहिला सुपुत्र न्यायधीश सौरभ सुब्बा (मादेन) ले कानुन विषयमाथी शोधकार्य समाप्त गरि वनस्थली विध्यापिठ विश्वविद्यालय, राजेस्थानबाट विध्यावारिधीले (पीएचडि) सम्मानित भएका छन् । 'द जुडिसियल सिस्टम एन्ड जुडिसियल रिफर्म्स इन इन्डिया विथ इस्पेसियल रेफ्ररेन्स टु दि सब-कोओर्डिनेट जुडिसियरी: अ कृटिकल स्टडि' -उनको शोधको विषय रहेको थियो। 

मुर्मिदाङ्ग प्राथमिक पाठशालाबाट शैक्षिक यात्रा शुरु गरेका डा. सौरभ सुब्बाले नयाँ बस्ती अगमसिंह गिरि मेमोरियलबाट माध्यमिक अनि बिजनबारी विध्यासागर उच्चतर हाईस्कुलबाट उच्च माध्यमिक उतिर्ण गरेका हुन। त्यसपछि कानुन विषय लिएर उत्तर बंगाल विश्वविद्यालयबाट बिएएलएलबि अनि त्यहिबाट एल एल एम समाप्त गरि न्यायिक सेवामा लागेका डा. सुब्बाले वर्ष 2018 मै युजिसी नेट पनि क्लियर गरिसकेको छ। हाल कुचबिहार जिल्ला अदालतमा कार्यरत अधिवक्ता डा. सुब्बा शास्त्रीय संगितमा रुचि राख्ने साथै एक उत्कृष्ट भायोलिन वादक पनि हुन् ।

No comments

Powered by Blogger.