Header Ads

असम : गुवाहाटीमा SAI20 बैठक, 'ब्लु इकोनोमी' र 'रिस्पोन्सिबल आर्टिफिसियल इन्टेलिजेन्स' बारे छलफल


■ CAG गिरीश चन्द्र मुर्मुले SAI20 का वरिष्ठ अधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै स्वतन्त्रताको अमृत महोत्सवको अवसरमा फोटो प्रदर्शनीको पनि उद्घाटन गरिएको छ ।

■ SAI20 बैठक मार्च 15 मा समाप्त हुनेछ।

मिलन बहादुर छेत्री
गुवाहाटी।  सर्वोच्च लेखापरीक्षण निकाय SAI20 का वरिष्ठ अधिकारीहरूको पहिलो बैठक सोमबार गुवाहाटीमा सुरु भयो। कार्यक्रममा ‘ब्लु इकोनोमी’ र ‘रिस्पोन्सिबल आर्टिफिसियल इन्टेलिजेन्स’ विषयमा छलफल भएको थियो । SAI20 बैठकमा G20 सदस्य राष्ट्रहरू, अतिथि देशहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा अस्ट्रेलिया, चीन, किर्गिजस्तान, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, कोरिया, रुस, साउदी अरेबिया, टर्की र युएईका सर्वोच्च लेखापरीक्षण संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।यस क्रममा सदस्यहरुले विभिन्न अनुभवहरु आदान प्रदान गरेका थिए ।

भारतको नियन्त्रक र महालेखा परीक्षक, CAG गिरीश चन्द्र मुर्मुले गुवाहाटीमा पहिलो सर्वोच्च लेखापरीक्षण संस्था 20 (SAI20) का वरिष्ठ अधिकारीहरूको बैठकलाई सम्बोधन गर्नुभयो।  यस अवसरमा बोल्दै क्याग गिरीशचन्द्र मुर्मुले SAI20 वरिष्ठ अधिकारीहरूको बैठक समावेशी वृद्धि र सबैको कल्याण सुनिश्चित गर्न G20 सदस्य राष्ट्रहरूको विश्वव्यापी सहयोग र सामूहिक प्रयासको प्रतीक भएको बताए।

यसै क्रममा आजादी का अमृत महोत्सवको फोटो प्रदर्शनीको पनि गिरीशचन्द्र मुर्मुले उद्घाटन गरेका थिए ।  SAI20 बैठक मार्च 15 मा समाप्त हुनेछ।  SAI20 Engagement Group ले सार्वजनिक क्षेत्रको लेखापरीक्षण इकोसिस्टममा नीतिगत संवाद र उत्कृष्ट अभ्यासहरू पहिचान गर्छ।  G20 को SAI20 Engagement Group 2022 मा इन्डोनेसियाको G20 अध्यक्षताको समयमा सहयोगी निरीक्षण मार्फत आर्थिक स्टेयरिङ प्रक्रियालाई गति दिन स्थापना गरिएको थियो।

No comments

Powered by Blogger.