Header Ads

कर्नाटक चुनाव अनि २०२४ को आम चुनावमाथि एक विश्लेषण - भारतीय गोर्खाजाति अनि सिक्किमेली नेपाली सन्दर्भ : विनय तामाङ


सर्वप्रथम त काँग्रेस पार्टीलाई हार्दिक बधाई अनि भावी दिनहरूको निम्ति शुभकामना ।

प्रियन्का गान्धी बाद्रा - वहाॅले गत ७ महिनादेखि यता वहाँले जनसभाहरूमा , पथसभाहरूमा अनि प्रेस भेलाहरूमा  दिनुभएकी वक्तव्यहरू र सम्वादहरू अति उच्च स्तरीय अनि परिपक्वतापुर्ण थिए । 

लालकृष्ण आडवानीले एक समय भारतीय जनता पार्टीको धरातल सबल सुदृढ गर्न गरिएको भारत संकल्प यात्राभन्दा राहुल गान्धीले हालै गरिएको भारत जोडो यात्रा भिन्नै अर्थहरूले युक्त देखिएका थिए  ।

भारतीय राजनीतिमा बागडोरको जुन एकतन्त्रीय धुर्वीकरण हुँदै गइरहेको समय कर्नाटक राज्यको विधानसभामा भारतीय जनता पार्टीको करारी हार अनि काँग्रेस पार्टीको जीतले अब  विश्राम लागेको नै हो त् ? हुनसक्छ  ।

भारतीय जनता पार्टीदेखि  काँग्रेस पार्टी अनि सबै राजनैतिक दलहरू लगायत राजनैतिक विशेषज्ञहरू अनि  राजनैतिक विश्लेषकहरूले कर्नाटक राज्यको यस विधानसभा चुनावलाई २०२४ को आमचुनावको सेमिफाइनलको रूपमा मानिलिएको थिए । 

सेमिफाइनलमा काँग्रेस पार्टीले उत्कृष्ट प्रदर्शन गरेकोले अब २०२४ मा हुने फाइनल कसको झोलीमा जानेछ - भन्न नसकिने अवस्थामा आइपुगेको छ। भारतीय जनता पार्टीमा जुन अधिक आत्मविश्वास थिए - सो अब चकनाचुर भएको छ । मोदी लहर अब नकाम भएको छ । 

कर्नाटकमा काँग्रेस पार्टीको जीतको मुख्य कारणहरू :

(१) प्रियन्का गान्धी बाद्राको परिपक्व सम्वाद अनि वक्तव्य साथै उसको पुर्ण समय राजनीति पर्दापणपनि हो ;

(२) राहुल गान्धीको भारत जोडो यात्राको परिपक्व राजनैतिक चलखेल ;

( ३) अध्यक्षको पदलाई परिवारवाद र वंशवाद वा क्षेत्रवाद -  देखि अलग राखिनु ।

भारतीय जनता पार्टीको हारको मुख्य  कारणहरू : 

(१) कर्नाटकमा भारतीय जनता पार्टीको राज्य सरकारमा व्यापक भ्रष्टाचार ;

(२) बी° एस° यदुईरप्पालाई भारतीय जनता पार्टीले उनलाई उनले भनेजस्तो स्थानमा नराख्नु अनि यसैको कारण भारतीय जनता पार्टी कर्नाटक राज्यमा पार्टीभित्र अन्तकलह;

(३) मोदी लहरको बेअसर अनि मोदीद्वारा चलाएको धार्मिक राजनैतिक अभियान " जय बजरङबली " को तटीय कर्नाटकमा बेअसर ।

(४) मोदी, अमित शाह, जे° पी° नड्डा लगायत सबै नेताहरूको हरेक भाषणहरूमा वा वक्तव्यहरूमा आफ्नो सरकारको उपलब्धिहरू र आउने दिनहरूमा जनताको हित र भलाईको निम्ति गरिने कार्यहरूभन्दा ज्यादा गाली- गलौच मात्र रहेकोले ;

(५) भारतीय जनता पार्टीको नेतृत्वहरूमा अहम अनि अधिक आत्मविश्वास ।

(क) वर्तमानमा भारतीय जनता पार्टीद्वारा शासित राज्यहरू : ५ राज्यहरू: 

१) आसाम ;
२) गोवा ;
३) गुजरात ;
४) मध्यप्रदेश ;
५) उत्तरखण्ड ।

(ख) वर्तमानमा भारतीय जनता पार्टी अनि गठबन्धन शासित राज्यहरू : ९ राज्यहरू :

१) हरियाणा ;
२) महाराष्ट्र ;
३) मणिपुर ;
४) मेघालय ;
५) नागाल्याण्ड  ;
६) पोडीचरी ;
७ ) त्रिपुरा ;
८) उत्तरप्रदेश 
९) सिक्किम ।

(ग) वर्तमान काँग्रेस पार्टीद्वारा शासित राज्यहरू : ५ राज्यहरू  :

१) अरूणाचल प्रदेश ;
२) छत्तीसगड़ ;
३) हिमाचल प्रदेश ;
४) राजस्थान  ;
५) कर्नाटक  ।

घ) वर्तमान काँग्रेस पार्टी अनि गठबन्धन वा काँग्रेस पार्टीको समर्थन शासित राज्यहरू :  ३ राज्यहरू : 

१) विहार ;
२) झारखण्ड  ;
३) तामिलनाडु। 

(ङ) वर्तमानमा अन्य राजनैतिक दलहरूद्वारा शासित राज्यहरू  : ८ राज्यहरू :

१) आन्ध्रप्रदेश  : वाईएसआर सी पी  ;
२) दिल्ली : आम आदमी पार्टी  ;
३) पन्जाब  : आम आदमी पार्टी ;
४) केरल : एल डी एफ  ;
५) उड़िसा : बिजेडी ;
६) मेजोराम  : एमएनएफ  ;
७) तेलेङ्गना  : बिआरएस  ;
८) पश्चिम बङाल  : टिएमसी  ।

** जम्म /काश्मिर / लद्दाख लेह : केन्द्र शासित प्रदेश  ।

भारतको संविधान अन्तर्गत गोर्खाजातिलाई संवैधानिक न्याय दिनेछ अनि संवैधानिक मान्यताप्राप्त स्थायी राजनैतिक व्यवस्था दिइनेछ भन्दै भारतीय जनता पार्टीलाई २००९ देखि आज सम्म तीनजना सांसदहरूलाई दियौं - तीनैजना भुमिपुत्र थिएनन् तर हाम्रो दीर्घकालिन सपनाहरू पुरा हुन्छ भन्ने आशा अनि विश्वासमा तर १५ वर्ष वित्दापनि हामी गोर्खाजातिको अन्जुली खाली नै रह्यो। भारतीय जनता पार्टीले हामीलाई के दियो आजसम्म ? आसाममा गोर्खा डेभलपमेन्ट काउन्सिल बाहेक ।

१९८६ को २८ महिनाको जनआन्दोलन पश्चात दार्जिलिङ गोर्खा पार्वतीय परिषदपनि स्व° राजीव गान्धीको नेतृत्वमा भारतको केन्द्र सरकारले नै दिएका हुन् ।

२००७ को ४१ महिनाको जनआन्दोलन पश्चात गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन दिनेपनि काँग्रेस सरकार नै हुन् ।

हाम्रो मातृभाषा नेपाली भाषालाई संविधानको आठौं अनुसुचीमा १९९२  सालमा मान्यता दिने काँग्रेस सरकार नै हुन् ।

सिक्किम राज्यलाई भारतको गणराज्यमा अन्तभुक्त गर्नेपनि भारतको केन्द्र सरकार काँग्रेस  नै हुन ।

सिक्किमको रैथाने नेपाली, भोटे र लाप्चेलाई सुरक्षा प्रदान गर्न अधिनियम लागु गर्नेपनि भारतको केन्द्र सरकार त्यसताक काँग्रेस सरकार नै थिए ।

यी बाहेक भौतिक र भौगोलिक विकारहरू त अगण्य छन्  ।

दार्जिलिङ पहाड, सिलिगुडी तराई, डुवर्स, सिक्किम लगायत विभिन्न प्रान्त , राज्य अनि केन्द्र शासित प्रदेशहरूमा बस्ने गोर्खाजाति नेपालीजातिले २०२४ मा राजनैतिक भविष्य निर्धारण गर्न राजनैतिक भाग्य निर्धारण गर्न सोच्ने समय आएको छ ।

२०२४ भारतीय गोर्खा अनि सिक्किमेली नेपालीले - आफनो जातिको सामुहिक हित , अधिकार, न्याय र स्वार्थको निमित्त जातीय एकिकरणको साथ एकतंत्र निर्णय लिने अहम जिम्मेवारी आएको छ ।

विनय तामाङ, दार्जिलिङ

No comments

Powered by Blogger.