Header Ads

कथाकार सूर्य कुमार सुब्बाज्यु अनि दोस्रो विश्वयुद्ध विजेता घनश्याम छेत्रीज्युसँग कृष्ण प्रधान ''प्रेरणा'' को भेटघाट


दार्जीलिङ :  मङ्गलबारको दिन स्थानीय राजबारी लोहाकोठी स्थित नीजि बासस्थानमा बड़ो सौहार्द्रपूर्ण भेटघाट गरियो वरिष्ठ साहित्यकार, कथाकार आदरणीय सूर्यकुमार सुब्बाज्युसँग। उहाँ अहिले ८५ वर्ष पुग्नुभएका रहेछन् तर मस्तिष्क यति तीक्ष्ण कि आज पनि विभिन्न पत्रपत्रिकाहरूमा उहाँको लेखहरू पढ्न पाइरहन्छौं। लगभग दुइ घण्टा लामो बातचित हुँदा पनि उहाँको जोश, जाँगर अलिकति पनि कम देखिएन बरू उल्टै हाम्रो आवाजलाई उछिन्दै धेरै ठाउँमा हाम्रो भूलहरू औल्याइदिनु भएको थियो। हाम्रो अमूल्य नीधि, श्रष्टाहरूलाई यसरी समय समयमा भेट गर्न पाइरहियोस् यो नै हाम्रो निम्ति देवालय मठ-मन्दिर धाएको बराबर हो। त्यसैगरी दोस्रो विश्वयुद्धको समय फोकल्याण्ड आइल्याण्डमा दुइ गोर्खे वीरहरूमध्ये एकजना राजबारी, उदय सेवा संघकै नजिकमा अवस्थित श्रीमान घनश्याम छेत्री हुनुहुन्छ। 


आज काम विशेषले उहाँको घर पुगेको थिएँ । यो भन्दा अघि पनि उहाँको इन्टरभ्यु लिइसकेको हुनाले आजको भेटघाट झन् चाखलाग्दो बनेको थियो किनभने त्यसबेलाको इतिहास र यसबेलाको देखावटी इतिहासमाथि खूबै मीठो चर्चा चलेको थियो। दुर्भाग्यको कुरो उहाँहरूकै छिमेकी, एउटै दौंतरी मेजर के पी मल्ल सरलाई हामी सबैले धेरै सम्झना गर्यौं आजको भेटघाट कार्यक्रममा।



No comments

Powered by Blogger.