Header Ads

महाभूकम्पबाट नेपालमा मृतकको संख्या ३३५३ पुग्यो

काठमाडौं । महाभूकम्पबाट मृत्यु हुनेहरुको संख्या ३ हजार  ३ सय ५३ पुगेको गृहमन्त्रालयले जनाएको छ । सोमबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको  छ। गृहमन्त्रालयले सोमबार पत्रकारहरुलाई दिएको औपचारिक सूचना अनुसार सोमबार बिहान ११ बजेसम्म ३३ सय ५३ को मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी  सिन्धुपाल्चोकमा ८७५ जनाको शव फेला परेको छ । काठमाडौंमा मृत्यु हुनेको संख्या ८०२ पुगेको छ । भक्तपुरमा २३२ जनाको शव भेटिएको छ भने ललितपुरमा १५५, काभ्रेमा १९१, रसुवामा १५० र नुवाकोटमा १६० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । भूकम्पको जोखिममा परेको धादिङमा २४७ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयले दिएको विवरण अनुसार अहिलेसम्म घाइतेहरुको संख्या ६ हजार ३ सय ३३ पुगेको छ ।

Powered by Blogger.