Header Ads

दिल्ली पुलीसद्वारा गोर्खाहरूको निम्ति कार्यशालाको सफल आयोजन


वंदना राई
नयाँ दिल्ली :
मुलुकको राजधानीमा गोर्खाहरूको सुरक्षा सम्बन्धी कार्य- शालाको आयोजन गरियो। दक्षिण दिल्लीको वसन्त विहार, सी ब्लक अवस्थित कल्याण केन्द्रमा आयोजित यो कार्यशालामा विभिन्न सरकारी कार्यालयमा कार्यरत, अरू गैर सरकारी कार्यालयमा कार्यरत, स्वयंरोजगार –ब्यवसायमा सम्लग्न गोर्खाहरू लगायत बिद्यार्थीहरूले भाग लिए। दिल्ली मा बसोवास गरिरहेका गोर्खाहरू विभिन्न प्रकारका समस्याहरू झेल्दै आउनु परेको कुरालाई ध्यानमा राखेर यो कार्यशालाको आयोजन गरिएको हो। जसमा चर्चा परिचर्चा गरियो। यो विभिन्न समस्याहरूबाट कसरी मुक्ति पाइने ? भन्ने सम्बन्धमा उपायहरू अनि सुझाउहरू पेश गरियो। जुन कार्यशाला,दक्षिण दिल्लीको वसन्त विहार पुलीश स्टेशन,अल इन्डिया किराती खम्बु राई एसोसिएशन र दिल्ली गोर्खा मदर्श ग्रुप लगायत अरू गोर्खाहरूको संयुक्ततत्वावधानमा आयोजना गरियो। 

यस कार्यशाला आयो जना गर्नुमा मुख्यगरी वसन्तविहार पुलीश स्टेशनका एo सीo पीo, कान्ता प्रसाद कुकरेतीको प्रमुख भूमिका रहेको थियो, ले भन्नुभयो, दिल्लीमा विभिन्न प्रकारका हिंसा र अपराध निर्मूल पार्ने हाम्रो उद्देश्य रहेको छ । यस्ता घटनाहरूबाट तपाईंहरू पनि पीडित हुनुहुन्छ। तर तपाईंहरू आफै सचेत रहेर हामीद्वारा सुझाइएका कुराहरूलाई ध्यानमा राखेर चल्नु होस्, बाँकी कामको लागि दिल्ली पुलीश तपाईंहरूको साथमा छ। इन्सपेक्टर सुखदेव सिंह मनले, दिल्ली जस्तो महानगरमा रोजगारका लागि आउनु भएको छ, त्यस्तो अवस्थामा सचेत भएर हिड्नु पर्छ भन्दै के गर्नु राम्रो हो, के गर्नु राम्रो होइन, कसो गरेर हिड्दा सुरक्षित रहन सकिन्छ, आदि विषयमा सुझाउ र सल्लाह दिनुभयो।

डीo एसपी श्याम लामाले भन्नुभयो, हामी यहाँ हिड्दा अनौठो देखिने गरी अथवा नचाँहिदो झट्का गरेर नहिडौं, किनकि यस्ता तरीकामा हिड्दा खेरी नै अरूले हामीमाथि गलत नजरले हेर्नछन्। तर यदि कसैले अपराधिक तरीकाले तपाईंहरूलाई ब्यवहार गर्छन् भने, त्यसमा हामी चुपो लागेर बसिरहन सक्नेछैनौं। यसरी नै डीo सीo पीo नर्बु छिरिङ्गले भन्नुभयो, हामीले सकेसम्म हाम्रो मान्छेहरूलाई यस्ता जातिवादी हिंसा,अपराध अनि अरू समस्याबाट बचाउने प्रयास गरिराखेकै हुनेछौं। तै पनि त्यस्ता घटनाहरू घटिहालेको खण्डमा न्यायदिलाउने प्रयास गरिराखेका हुनेछौं । यस्तोहाम्रो सदैवप्रयास रहेको हुनेछ। त्यस्तो कुनै घटनाहरूघट्ने सम्भावना पनि भयो भने हामी लाई तुरून्तै जानकारी गराउने अनुरोध गर्दछु। किनकि गोर्खाहरूलाई लक्ष्य गरी धेरै घटनाहरू घट्ने गरेकोकुरा हाम्रो आँखाबाट लुकेकोछैन। तरआफ्नो पहिचान सठीक तरीकाले दिनुपर्छ । कसैले हेप्न खोज्यो भने पनि सतर्क भएर काम गर्नु पर्छ।

वितेको पाँच दशकभन्दा पनि धेरै समयदेखि दिल्लीमा गोर्खाहरूको हीतका लागि कार्य गर्दै आएका सामाजिक नेता, उत्तम छेत्रीले भन्नुभयो, हामीले दिल्लीमा लामो समयदेखि गोर्खाहरूको पक्षमा लड्दै आएका हौं, अनि लडि नै रहनेछौं । किनकि यो देश हाम्रो हो । यसमा अन्य समुदाय का मानिसहरूले कुनै शङ्का गर्नु पर्दैन । तर हामी कुनै प्रकारको नशल भेदी ब्यवहार सहनेछैनौं, हामी त्यसको विरूद्धमा लडिरहनेछौं। आयोजना पक्षबाट बोल्दै, सुश्री बन्दना राईले भनिन्, हामीसङ्ग तीनजना परमवीर चक्र विजेता, तेत्तिसजना महावीर चक्र विजेता, चौरासी जना वीरचक्र विजेताहरू छन्। उहाँहरू गोर्खावीर भएकैले पुरस्कृत भएका हुन् अनि गोर्खा वीरहरू विश्वविजेता हौं । यसको जानकारी हामीलाई नै राम्रोसङ्ग थाहा छैन। त्यसबाहेक पनि विभिन्न क्षेत्रमा राष्ट्रिय अनि अन्तरराष्ट्रिय पुरस्कृत गोर्खाहरू पनि छन्। आजाद हिन्द फौजका पहिलो शहीद, मेजर दुर्गा मल्ल थिए भने भारतको राष्ट्रिय गीतका सङ्गीतकार, कप्तान रामसिंह ठकुरी थिए।

अझै भारतको संविधानलाई गोर्खाहरूको पक्षमा हस्ताक्षर गर्ने ब्यक्तित्व, ब्यारिस्टर अरिबहादुर गुरूङ्ग थिए। यस सन्दर्भमा हामी देशलाई जति दिन्छौं, त्यसको साटो हामीलाई केही चाहिं दैन। केवल हाम्रो पहिचान हुनुपर्छ अनि देशभित्र हामीले सम्मानसङ्ग बाँच्न पाउनु पर्छ, हामीले शान्तिसङ्ग जीउन पाउनु पर्छ। किनकि हामी लाई भारतको नागरिक भएर बाँच्न पाउनु नै हाम्रो लागि अति गौरवको कुरा हो । यस कार्यशालामा विशेषगरी दक्षिण दिल्लीको वसन्त विहार, मुनिरका, बसन्त कुन्ज, जवाहर लाल नेहरू विश्वविद्यालय क्षेत्र, ऱामाकृष्णपुरम् लगायत गोर्खाबाहुल क्षेत्रहरूबाट हजारौं मनिसहरूले भाग लिएर यस कार्य शालाबाट धेरै कामलाग्दा जानकारी प्राप्त गरे। यस कार्यशालामा हरियाणा बाट किरण बिके, रवि दियाली अनि लाक्पा टासोको अगुवाइमा एकसय जना बाइकसवार गोर्खाहरूले भाग लिए। कार्यशाला सन्दर्भमा किरण बिके ले हरियाणाको गुडगाँवामा गोर्खाहरूलाई फाइदापुग्ने गरी यस्तो कार्यशाला को आयोजना तुरून्तैगर्ने जानकारी गराए।

यस कार्यशालालाई सफल पार्ने कार्यमा दिल्ली गोर्खा मदर्श ग्रुपको पक्षबाट मीना लिम्बू, निशा रसाइली, नवमी खाती, निशा रसाइली, सङ्गीता लिम्बू, अनु शिल्पकार,प्याट्रिसिया निकोलस, प्रचार प्रसारको कार्यमा दिलोज्यान दिने सन्जय खम्बु राई, को अर्डिनेर समीर थुलुङ्ग, श्रीमानश्रीमती युधिष्टिर साह,दिल्ली नगरपालिका चुनाउमा वसन्त नगर क्षेत्रका शिव सेनाकी गोर्खे प्रत्यासी, निशा लामा अनि अरू धेरै गोर्खाहरूको हात रहेको थियो। अर्कोतिर गोर्खाहरू भेला भए को यो कार्यशालाले स्थानीय मानिसहरूमा स्पष्ट सन्देश गयो, अब चाँहि गोर्खाहरूलाई विभिन्न परिस्थितिमा गरिने यन्त्रणा, कुटपीट गरिने, छोरी चेलीहरूलाई जिस्काउने, अपहरणगर्ने, बलात्कार गर्ने, घरमालिकहरू द्वारा गरिने दुर्ब्यवहार, अन्याय र अत्याचार, हिंसा, जातिभेद जस्ता कुराहरू सहने मात्र छैनन्, त्यसको प्रतिवादमा एक भएर लड्ने छन् ।





Powered by Blogger.