Header Ads

भारतको प्रतिनिधित्व गर्दै गोर्खा युवा अबिशेक शर्मा चीनमा संपन्न बृस(BRICS) शिखरसम्मेलनमा



संजय निरोला
दार्जिलिङ : गोर्खाहरु भारतको खाटी नागरिक भएको तथा अन्य भारतीयभन्दा कुनैमा कमि नरहेको परिचय गोर्खा पुत्र अबिशेक शर्मा तिमसिनाले चीनको राजधानी बेजिङमा सम्पन्न बृस (BRICS) शिखर सम्मेलनमा भारतिय युवाहरुलाई प्रतिनिधित्व गर्दै  दिएका छन।

आजभन्दा २७ बर्ष अधि सुकियापोखरी खण्ड अन्तरगत पर्ने  पुलुङदुङ गाउँमा पिता सुशील शर्मा तथा माता कमला शर्माको कोखबाट जन्मिएका शर्मा राजनैतिक शास्त्र बिषयमा दार्जिलिङ सरकारी महाबिद्यालयबाट  स्नातक हुन।सानैदेखि बोल्नमा अब्बल शर्मा भारतको प्रतिनिधित्व गर्ने  प्रहिलो गोर्खाको हुन भने उनले समस्त गोर्खाहरुको  मात्रै नभएर  समस्त भारतबर्षको प्रतिनिधित्व गर्दै चीन पुगेका हुन।

 गत २४जुलाई देखि २८ जुलाईसम्म बृस (BRICS) देशहरुको शिखरसम्मेलनमा युवा तथा वैदेशिक मन्त्रालयको पहलमा उनी सर्वभारतिय १० जनाको युवाबर्गको दलमा परेका हुन भने बङाल मात्रै नभएर पूर्वोत्तर भारतकै एक रहेको थाहा लागेको छ। सम्मेलनमा सरकारमा युवाहरुको भुमिका बारे बोलेका थिए भने कार्यक्रममा मुख्य रूपमा सदस्यीय देशहरुमा सास्कितिक पारम्परिक तथा अर्थनैतिक सम्बन्धलाई एक अर्कामा आदानप्रदान गर्नु रहेको समेत उनले बताए भारत चीन ब्राजिल रसिया तथा दक्षिण अफ्रिकाका लगभग ६० जना युवाहरुले सरकारमा युवाहरुको भुमिकामा बोलेको तथा आफू एक गोर्खा भारतको प्रतिनिधि हुन पाएकोमा गर्व महसुस गरेको समेत उनले बताएका छन।




Powered by Blogger.