बिजनबाड़ी : जनचेतना हुन अति आवश्यक तथा निर्णायक आन्दोलन हो त्याग्न हुन जरुरी: युवा मोर्चा
संजय निरोला
बिजनबारी : गोर्खाल्यान्ड आन्दोलन बिश्वब्यापी रूपमा फैलिएको तथा निर्णयाक लडाइँ भएकोले सबैको आफ्नो ठाउबाट त्याग र बलिदान जरुरत रहेको भन्दै प्रत्येक साधरण सम्म पुर्याउने जिम्मेवारी युवा बर्गको हो भन्दै युवाहरूलाई आन्दोलनको रुपरेखा तथा आउँदा दिनहरुमा के कस्ता भुमिका निभाउनु पर्ने चेतनामुलुक पैदल पदसभा तथा खुकुरी जुलुसको आयोजना गोर्खा जनमुक्ति मोर्चा कैजले रेलिङ समष्टिले गरेको छ।
समष्टि अन्तरगत पर्ने सबैवटा शाखा प्रशाखाबाट पैदल रूपमा शुरुआत गरेको चेतनामुलक कार्यक्रम समष्टिको मद्यरुपमा रहेको कैजले बजारमा पदसभाको आयोजना गरिएको थियो जसमा आजसम्म गोर्खाल्यान्ड आन्दोलनमा भइरहेको कार्यक्रममा समष्टिका युवाहरुले सक्रियता रूपमा अघि आएको तथा भबिस्यमा हुने कार्यक्रमको निम्ति तयारी रहने तथा गाउँ गाउँमा पुर्याउने जिम्मेवार युवाबर्ग कै रहेको युवा नेताहरुले बताएका छन भने यश क्षेत्रका इस्कूस उत्पादक कृषकहरुलाई यसपटकको आन्दोलन सास्ती सरह रहेको भए पनि बगालको दमन जतिको नरहेको उनीहरूको भनाइ छ।
समष्टि युवा मोर्चा सभापति देबेन्द्र तामाङले नेतृत्व गरेको कार्यक्रममा समष्टि उपसभापति राजेन सुब्बा समष्टि नारी मोर्चा सभानेत्री पुस्प लामा युवा मोर्चा सचिव दुर्गा लिम्बु लगायत समष्टि भरिबाट लगभग १००० युवाहरुको उपस्तिथि थियो। याद रहोस् यस समष्टिबाट दैनिक रूपमा लाखौं रुपियाको नगदे फसल इस्कूस मदेशको बजारमा जाने गरेको थियो भने यसपटकको आन्दोलनले ठुलो नोक्सान भोग्नुपरेको छ।
Post a Comment