Header Ads

इण्डियन गाेर्खाज कम्पनी इजरायलबाट मिरिक प्रेसकल्बकाे सहयाेगमा विभिन्न ठाउँमा खाध्य सामाग्री बितरण

मिरिक : जन्मभूमिमा बन्द भएकाे तीन महिना पुग्न लाग्दा कर्मभूमि सात समुद्र पारि इजरायलमा कार्यरत गाेर्खाहरूकाे बलियाे संगठन इण्डियन गाेर्खाज कम्पनीले अाजदेखि मिरिक प्रेसकल्बकाे सहयाेगमा विभिन्न ठाउँमा खाध्य सामाग्री वितरण गर्न थालेकाे छ।अाज मिरिक महकुमाकाे टिङलिङ चियाकमान,थर्बु चियाकमानकाे निगाले,थर्बु चारनम्बर गाउँ,मिरिक नगरपालिका वार्ड नम्बर तीन ,वार्ड नम्बर अाठ लगायत अन्य ग्रामिण क्षेत्रका लगभग दुई सय विपन्न परिवारलाई इण्डियन गाेर्खाज कम्पनीकाे पक्षबाट स्थानीय संघसंस्थाहरू नव ज्याेति संघ,अादिकाे सहभागितामा लगभग सत्तर हजार रूपियाँकाे खाध्य सामाग्री वितरण गरियाे।अाज प्रत्येक परिवारका सदस्यलाई १० किलाे फाइन चामल,तेल,नून,साेयाबिन अादि वितरण गरियाे। मिरिक प्रेसकल्बका उपाध्यक्ष राेशन राई,सचिव बिनाेद प्रसाईं,काेषाध्यक्ष बालकृष्ण शर्मा,सदस्यहरू याैवन गुरूङ,मदन बल तामाङ अादिले इण्डियन गाेर्खाज कम्पनीको पक्षबाट खाध्य सामाग्री बितरण गरे।इण्डियन गाेर्खाज कम्पनी इजरायलका प्रबन्धक निर्देषक नरेन थापा लुङगेलीले दार्जिलिङ पहाङका जनताले तीन महिनादेखि बन्दकाे सामना गर्नु परिरहेकाे छ।

बन्दकाे अवधिमा जनता सडकमा निस्किएर गाेर्खाल्याण्डकाे माग गरिरहेका छन्।लामाे बन्दले कतिपय ठाँउमा अार्थिक समस्या अनि खाध्यकाे समस्या देखा परेकाे छ।अाफ्नाे जन्मभूमिमा जाति र माटाेकाे लडाइँ लडिरहेका गाेर्खा दाज्यु भाईलाई अान्दोलनकाे अवधिमा सहयाेग गर्ने उदेश्यले नै इजरायलमा कार्यरत गाेर्खाहरूले अर्थ संग्रह गरेर खाध्य सामाग्री वितरण गरिएको बताए ।तिनले सात समुद्र पारि हाम्रो कर्मभूमि परे पनि जन्मभूमिलाई हामीले छातीमा राखेर परेकाे बेला सहयाेग गर्ने साेच राखेर नै खाध्य सामाग्री बितरण गर्ने निधाे गरेकाे बताँउदै सबैकाे सहयाेग र सहभागिताले नै याे कार्य सफल भएको छ भने। तिनले पहाडबासी गाेर्खाल्याण्डकाे निर्णायक लडाइँ लड्न सडकमा निस्किएका छन्।

यस्ताेमा हामी पनि उनीहरूकाे साथमा छाै।राेजगारकाे कारणले अान्दोलनमा प्रत्यक्ष सहभागी बन्न नपाए पनि अान्दाेलनलाई समर्थन जनाँउदै अान्दाेलनकारीहरूलाई खाध्य बितरण गरेर सहयाेग गर्ने साेच भएको कारण नै खाध्य सामाग्री बितरण गरिने निर्णय गरिएकाे बताँउदै इण्डियन गाेर्खाज कम्पनीले यसरी सहयाेग गर्नु पाउँदा खुशी लागेकाे बताका छन्।ज्ञात रहाेस यस भन्दा अधि इण्डियन गाेर्खाज कम्पनीले दार्जिलिङ पहाडका धेरै राेगीहरूकाे उपचारकाेलागि ठूलो ठूलो अर्थिक सहयाेग गरिसकेकाे छ भने अायला,भुईचालाे,पैह्राे पिडितहरूलाई पनि सहयाेग गरिसकेकाे छ।इजरायलमा कार्यरत गाेर्खाहरूकाे सुरक्षा,हक र अधिकारकाेलागि सक्रिय कार्य गरिरहेकाे इण्डियन गाेर्खाज कम्पनीले शुक्रबार खरसाङमा पनि खाध्य सामाग्री वितरण गर्ने निधाे गरेकाे छ।अनिश्चितकालीन बन्दकाे अवधिमा खाध्य सामाग्री पाएपछि खुशी प्रकट गर्दै ले इण्डियन गाेर्खाज कम्पनी इजरायलप्रति अाभार प्रकट गरेकाे छ।

उनीहरूले सातसमुद्र पारि रहेर यसरी बन्दकाे समय खाध्य सामाग्री बितरण गरेर इण्डियन गाेर्खाज कम्पनीले पुण्यकाे काम गरेकाे बताँउदै प्रबन्धक निर्देषक नरेन थापा लुङगेली अनि सम्पूर्ण सदस्यहरूप्रति अाभार प्रकट गरेका छन्।न्। खाध्य सामग्री पाएपछि ए अार गाेले,बिनाेद सुब्बा, सुनिल शर्मा,अानन्द राई,अर्पण राई,एमबहादुर थापा खुशमाया सुवेदीले इण्डियन गाेर्खाज कम्पनीप्रति अाभार प्रकट गर्दै यस प्रकारकाे कार्यले बन्दकाे अवधिमा ठूलाे राहत पुगेकाे बताएका छन।



Powered by Blogger.