Header Ads

अनिश्चितकालिन बन्दको आज ७७औं दिन,सदा झै आज पनि कालेबुङ शहरमा जुलुस र पथ सभा सम्पन्न


पुरण गिरी
कालेबुङ : प्रतिदिन झै आज पनि कालेबुङ शहरमा जुलुस निकालिएको थियो ।उक्त जुलुस डम्बर चोकबाट शुरु भएर शहर परिक्रमा गरि डम्बर चोकमा नै अाएर पथ सभामा परिणत भएको थियो।जुलुसमा नारी मोर्चा र युवा मोर्चाले गोर्खाल्याण्डको मागमा महा जुलुस निकालेको थियो।जुलुसले शहर परिक्रमा गर्दै हिन्दीमा नाराबाजी गरे "हमारी आपने हक चाहिए" मोदीजी आपने दिय़ा हुआ वादा पूरा करो" गोरखालैंड के माँग को पूरी करों" भने नाराले कालेबुङ शहर हल्लेको थियो। आज वक्ताको रूपमा मोर्चाको केंद्रीय सदस्य सामुयल गुरूङ उपस्थित रहे।








Powered by Blogger.