Header Ads

भारतिय राष्ट्रिय गोर्खा महासघॅ, भारत (INGF) सन्स्था को गठन, आसामको डॉ हर्क वहादुर खडका बने अध्यक्ष


भारतिय राष्ट्रिय गोर्खा महासघॅ,भारत(भा•र•गो•म•)(INDIAN NATIONAL GORKHA FEDERATION ,INDIA )-I•N•G•F•) सन्स्था एक गणतन्त्र भारतको भारतिय सम्विधानको दायरा भित्र रहेर समस्त नेपालीभाषी गोर्खाली हाम्रो सन्तानहरूको अस्तित्व रक्षाका लागी एउटा साझा चौतारीको रूपमा खडा भएको गैर-राजनैतिक महासघॅ हो।यसको मुख्य ध्येय जब सम्म भारतिय नेपालीभाषी डेढ करोड गोर्खालीहरूको चिनारीको समस्या गोर्खाराज्य (GORKHALAND )गठन भारत सरकाले भारतिय सम्विधान वमोजिम समाधान गर्दैन तव सम्म सारा भारतभरि छरिएर रहनुभएका गोर्खालीहरूलाई एउटै छत्र-छायामा समेटेर राख्नको लागी वौध्दिक भुमिका खेल्नेछ र वर्तमानमा खडा गरिएका गोर्खाराज्य ( GORKHALAND ) राज्य प्राप्तिका लागी सङ्गघर्षरत स्पष्ट विचारधारा भएको गान्धिवादी समुहलाई सपोर्ट पुर्याउनेछ।यो राष्ट्रिय महासघॅले कसैको विरोध,कसैको भिजनमा विरोध,कसैको काममा वाधा,कसैको मिशनमा अङ्गकुस,कसैको कार्ययोजनामा आलोचना इत्यादीहरूमा गर्ने छैन वरू गोर्खाराज्य(GORKHALAND )को लागी सके सम्म कानुनी प्रावधानको दायरामा रहेर समर्थन जनाउनेछ।

    आदरणिय नेपालीभाषी गोर्खाली महानुभावहरू! पटक-पटकको राष्ट्रिय भेला पस्चात भारतिय राष्ट्रिय गोर्खा महासघॅ,भारत -भा•र•गो•म•को तेश्रो कार्यकारिणी राष्ट्रिय भेला यही 20 अगस्त 2017 को दिन भारतको राजधानी नया दिल्लीमा बसेको छ।सभा 3 बजी सुरु भयो र राती 10 बजी 3 सत्रमा सम्पन्न भयो। प्रथम सत्र श्री आनंद जोसिज्यू अध्यक्ष हुनुभयो। दोस्रो सत्रमा श्री मोहन कार्की अध्यक्ष हुनुभयो र तेस्रो सत्रमा अध्यक्ष श्री डॉक्टर हरका बहादुर छेत्तरी रहनुभयो। देशभरी वाट आउनुभएका  प्रतिनिधी तथा पर्यवेक्षकहरूको सर्वसहमतिवाट अस्थायि कार्यसमितिमा नया सदस्य थपेको छ।भारतिय राष्ट्रिय गोर्खा महासघॅ,भारतको सम्विधान पनि विभिन्न तेह्र धारा तथा उपधाराहरू द्दारा गरी निर्माण गरिएको छ।यसैगरी यही दिन देखी निवर्तमान नाम गोर्खाल्याण्ड राष्ट्रिय समन्वय समिति ,भारत (NATIONAL CO ORDINATION COMM ITTEE  FOR GORKHALAND -INDIA )-गो•रा•स•स•[Nccgl )लाई बदलगरी भारतिय राष्ट्रिय गोर्खा महासघॅ,भारत-भा•रा•गो•म•[INDIAN NATIONAL GORKHA FEDERATION, INDIA ]I•N•G•F•राखिएको छ।

आदरणिय नेपालीभाषी गोर्खाली महानुभावहरू 20 अगस्त 2017 को दिन विहान देखी सारा दिन विभिन्न बिषयहरूमाथि छलफल गरी पच्चिशौ वार्षिक नेपाली भाषा दिवशलाई मनाएर देशव्यापी यो साझा महासघॅलाई औपचारिक रूपमा घोषणा गर्ने निर्णय लिइयो।

    आदरणिय नेपालीभाषी गोर्खाली सन्तानहरू 20 अगस्त 2017को दिन पच्चिशौ वार्षिक नेपाली राष्ट्रिय भाषा दिवश तथा रजत जयन्ति वर्षको तिथि परेको हुनाले भारतवर्षमा अनुसुचित भाषाहरूको सुचिवाट नेपाली भाषालाई सन 1947 मै छोडिएको हुनाले यस बिषयमाथी देहरादुन निवाशी श्री आनन्द सिहॅ थापा ज्युले गहिरो अध्ययन गरी सन 1952 मा तत्कालिन राष्ट्रपति डा•राजेन्द्र प्रसाद समक्ष नेपाली भाषालाई भारतको सम्विधानको आठौ अनुसुचीमा अरू भाषा सरह गाभिलिने निवेदन चडाएको गरिमामय दिन र ति महान विभुतीलाई स्मरण गरी राष्ट्रिय रूपमा नेपाली भाषाका जनक स्वर्गिय आनन्दसिहॅ थापा ज्युको प्रतिमुर्तिमा श्रध्दाञ्जली एवॅ धुपदिप गरी श्रध्दा-सुमन अर्पिएको राष्ट्रिय कदम आज यस विज्ञप्ती मार्फत सार्वजानिक गराएका छौ।

आदरणिय नेपालीभाषी गोर्खाली महानुभावहरू 20 अगस्त 2017 को दिन सर्व-सहमति द्दारा गठन तथा पारित गरिएको अस्थायि समितिको नामावली यस प्रकार छन:

अध्यक्ष -श्री डा•हर्क वहादुर खडका-आसाम
कार्यकारी अध्यक्ष -श्री हर्क वहादुर छेत्री-आसाम
उपाध्यक्ष-श्री सुर्यविक्रम शाही -उत्तराखण्ड
उपाध्यक्ष-श्री बलराम थापा -आसाम
उपाध्यक्ष-श्री धुर्व प्रधान -महाराष्ट्र
उपाध्यक्ष-श्री रवि राना -हिमाञ्चल प्रदेश
मुलसचिव -श्रीमति विनिता राई-दार्जिलिङ्ग
सचिव-श्रीमति अन्जनी शर्मा भुजेल- उत्तरपश्चिम भारत
सचिव -श्री नन्दकिरात देवान - उत्तरपूर्वी भारत
सचिव -श्री रमेश राई - दक्षिण भारत
कोषाध्यक्ष-श्री विवेक राई-सिलिगुडी
मिडिया प्रभारी-श्री तुल्सी घिमिरे -महाराष्ट्र
सोसियल मिडिया हेड-श्री पोखराज राई -सिक्किम
इलेक्ट्रोनिक मिडिया हेड-अनु छेत्री -दिल्ली

कोर्डिनेटरहरू:
श्री सुरेश घिमिरे -आसाम
श्रीमति नन्दनी थापा -हिमाञ्चल प्रदेश
श्रीमति उमा उपाध्याय-उत्राखण्ड
श्री रमेश तेन्चिपा राई -कर्नाटका
श्री चन्द्र खालिङ्ग -सिक्किम
श्री सचिन ठाकुरी - दार्जीलिंग्
श्री आनन्द प्रसाद जोशी - उत्तरप्रदेश
अनिता थापा-मुम्वई
श्री एन्ड्रु गुरूङ्ग -दिल्ली
श्री विरेन्द्र सिहॅ-विहार
श्री अङ्गकुर साम्पाङ्ग-नागाल्याण्ड
श्री विकास छेत्री-चेन्नाई
रिटायर्ड मेजर श्री वादल सुब्बा - सिलीगुड़ी
रिटायर्ड कर्नल श्री अर्जुन सिहॅ- हिमाञ्चल प्रदेश
श्री डॉ हरिमोहन पोखरेल - मणिपुर

लगायत बाकी मेघालय,त्रिपुरा ,मिजोरम, केरला, गोव ,गुजरात ,पञ्जाव ,हरियाणा, जम्मु-कश्मिर ,तेलङ्गना, छत्तिसगढ, आन्द्र-प्रदेश, झारखण्ड, राजस्थान, मध्य-प्रदेश, उडिशा हरू वाट पनि चाडै नामावलि सार्वजानिक गर्नेछौ।

कानूनी विभाग :
सु श्री रिना राई -सिक्किम (प्रमुख)
श्री सन्जय छेत्री -दिल्ली
श्री अनीश श्रेष्ठ- दार्जीलिंग
श्री विमल छेत्री -आसाम
श्री खेमराज राई-दार्जिलिङ्ग
श्री प्रेम प्रसाद शर्मा -दिल्ली
 
लगायत अन्य महानुभावहरूको नामावली पछी सार्वजानिक गर्नेछौ।
 
सल्लाकार सदस्यहरू:
श्री माधव कार्की -आसाम
श्री मोहन कार्की-दिल्ली
रिटायर्ड कमान्डर श्री विष्णुराज -सिलिगुडी
श्री हृदय सिहॅ-बिहार
सुश्री पुजा सुव्वा-उत्रराखण्ड
श्री दिलिप छेत्री-कर्सियाङ्ग
श्री सुवासमान सिहॅ-कालेवुङ्ग

इत्यादीहरू हुनु हुन्छ।
 
केन्द्रिय सदस्यहरू
 उत्राखण्ड-
उपासना थापा
विशाल थापा
आसाम-
शान्ति वराईलि
राजु खडका
राधा बस्नेत
कर्नाटका-
सन्जित वि•क•
राहुल राई 
सुदेश छेत्री
यज्ञ राई
तमिलनाडु-
मनोहर चाम्लिङ्ग
सन्जय गुरूङ्ग
पश्चिम बङ्गाल- 
दीपेंद्र मुखिया
तथा अन्य 
झारखण्ड
छत्तिसगढ
आन्द्र-प्रदेश
तेलङ्गना
गोवा
केरला
महाराष्ट्र
गुजरात
हरियाणा
पञ्जाव
जम्म-कश्मिर
राजस्थान
हिमाञ्चल प्रदेश
उत्तर प्रदेश
सिक्किम
मनिपुर
मिजोरम
मेघालय
त्रिपुरा
दिल्ली
मध्यप्रदेश
अरूणाञ्चल
विहार
उडिशा
 
माथि उल्लेखित रिक्त स्थानहरूमा सबै राज्यहरूबाट आउने चौथो कार्यकारिणीको वैठकमा पुर्ण गरिनेछ।
अन्तयमा हामी समस्त नेपालीभाषी गोर्खाली हाम्रो सन्तानहरूको हक,हित ,सुरक्षा,सन्स्कृति सम्वृध्दी ,भाषा सम्वृध्दी,भेष-भुषा जगेर्ना,भारतिय नागरिकले पाउने सहुलियत इत्यादीहरूको क्षेत्रमा राज्य-राज्यको नियमानुसार प्रतिवेदनहरू पेश गर्दै हाम्रो लागी लडिरहने छौ।
Powered by Blogger.