बन्दको ८५औं दिन कालेबुङ शहरमा जापको जुलुस साथै दिल्ली चलो अभियान सम्पन्न
पुरण गिरी
कालेबुङ : पहाडमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको अनिश्चितकालिन बन्द ८५ दिन भयो भने आज कालेबुङ शहरमा "जन आन्दोलन पार्टी" द्वारा जुलुस अनि दिल्ली चलो अभियान सम्पन्न गरिएको थियो।उक्त जुलुसमा जापको कर्यकर्ताहरूले ११ बजे सुरु गरि शहर परिक्रमा गरी मेनरोडमा आएर पथसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै जाप अध्यक्ष डा हर्कबहादुर छेत्री भने हामी बन्दलाई विश्वास राख्दैनौ,बन्दलाई खोल्ने नखोल्ने निर्णय केवल जनताको अधिकार हो।सभामा जाप युवा नेता अमिर बस्नेत अनि विशाल राईले पनि सम्बोधन गरेको थियो। जापले गोर्खाल्याण्डको मागलाई लिएर चाँडै नै दिल्लीमा कार्यक्रम गर्ने भएको छ।


Post a Comment