दार्जिलिङ : गोजमुमोको युवामोर्चा उपाध्यक्ष प्रनिल लिम्बूको घरमा बङ्गाल पुलिसले छापामारी गरी तोडफोड अनि लुटपिट
पुरण गिरी
दार्जिलिङ,सेक्टेम्बर ७:आज लकभक ५:३० बजे दार्जिलिङ क्षेत्रको टकबर भेल्ली निवासी गोजमुमोको युवामोर्चा उपाध्यक्ष प्रनिल लिम्बूको घरमा बङ्गाल पुलिसले छापामारी गरी तोडफोड गरे।सुत्रले बताएको अनुसार पुलिसले घरमा भएको सबै पैसा अनि गरगहना पनि चोरी गरेको लगेको बताएको छ।गाउँलेहरूले भने बङ्गाल सरकारले आमजनता माथि अत्याचार र गुन्डागर्दी गरिरहेको छ।पुलिस को नाममा गुन्डा भित्राएको छ।केन्द्र सरकारले यसको कड़ा भन्दा कड़ा निन्दा लिनु पर्ने गाउँले हरूले भने।
[फोटो,भिडियो:आरयन लिम्बू]




Post a Comment