दिल्ली गोर्खा मदर्स ग्रुप अनि दिल्ली गोर्खा समितिले गरे कालेबुङ निवासी बिरेन्द्र छेत्रीको दिल्लीमै अन्तिम संस्कार
पुरण गिरी
नयाँ दिल्ली,नोभेम्बर १७:गत २००१ साल देखि घरबाट कामको खोजीमा निस्किएको कालेबुङ क्षेत्रको (१२ माइल) तादुङ्ग्चेन प्रधान गाउँ,सिन्देबुङ निवासी ३३ बर्षीय बिरेन्द्र छेत्री गत ७ नोभेम्बरको दिन नयाँ दिल्लीको मायापुरी पार्कमा स्थानीय पुलिसहरुले उनको मृत शरीर भेट्टएको थियो।मायापुरी पुलिस प्रसाशनले दिल्ली मदर्स ग्रुप अनि दिल्ली गोर्खा समितिलाई मृतकको बारेमा जानकारी दिए पछि उनको भोट आईडी कार्डको आधार अनुसार कालेबुङ समाज सेवाक तिलक भन्डारीको सहयोग मार्फत उनको घरमा सम्पर्क गर्न सफल भयो।घर-परिवारको भनाई अनुसार मृतक बिरेन्द्र छेत्री बिगत १७ बर्ष देखि घर नआएको बताए भने केहि महिना अघि मात्र उनी दिल्लीमा भएको खबर प्राप्त भएको थियो।
प्रप्त जानकारी अनुसार मृतक बीरेन्द्र छेत्रीको घर-परिवारको आर्थिक अवस्था राम्रो नभएको कारण दिल्लीबाट कालेबुङ लैजान नसक्ने अवस्था बुझे पछि दिल्ली मदर्स ग्रुप अनि दिल्ली गोर्खा समितिको सदस्यहरू सङ्गीता लिम्बू,चन्द्र गुरुङ,बन्दना राई,मनि कुमार छेत्री,रमेश प्रधान,बिना लामिछाने,टाँसी सेर्पा,अशोक तामाङ, युग गुरुङ अनि डोनाल्ड घत्राराज अनि अन्य द्वारा मृतक बीरेन्द्र छेत्रीको शवलाई सुभाष नगर शमशेर घाटमा अन्तिम संस्कार गरियो।
नयाँ दिल्ली मदर्स ग्रुपको सदस्य सङ्गीता लिम्बूको भनाई अनुसार यसरीनै देशको बिभिन्न स्थानबाट हाम्रो गोर्खाली दाजुभाई दिदीबहिनीहरू काम गर्न,पढ्नु अनि बिदेश जान भनि दिल्ली आउने गर्छन् तर कयौं यस्तो घटनाहरू दिन-रात घटी रहेको छ।कुनै पनि परिस्थिती अनि घटनाहरू नघटोस भनि सबै दिल्ली व्यापी गोर्खा दाजुभाइहरू-दिदीबहिनीहरूले दिल्लीको कुनै पनि गोर्खा समाजहरूसँग सम्पर्क गरि बस्ने अनुरोध गरेको छ।
Post a Comment