Header Ads

चुनाउको बेलामा गोजमुमो अध्यक्ष र हाम्रो पार्टीका अध्यक्षमाझ सौहार्दपूर्ण भेटघाट

■ महेश्वर प्रधान
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ अनि हाम्रो पाटी अध्यक्ष अजय एडवड माझ राजनैतिक अनि बैचारिक विभिन्नता भएता पनि एउटै रुखको शाखा भएर बर्तमनमा पहाड तराई अनि डुवस क्षेत्रमा भैरहेको राजनैतिक अनि समाजिक अतिक्रमलाई जरैदेखि उखाल्न, आउने पञ्चायत चुनावमा दलगत राजनीति देखि माथी उठेर एकबद्ध भै मैदानमा ओर्लिने कुरोमा आजको यो अनौपचारिक भेटघाटमा सुझावहरु आदानप्रदान गरिएको छ। यस भेटमा  अन्य राजनैतिक दलहरु संग पनि चाडैं औपचारिक भेटघाट गरेर एकमुष्ट हुनमा सरसल्लाह गर्ने पनि थाहा लागेको छ।यहाँ हराउन लागेका क्षेत्रीयवादको सुरक्षा अनि जातिय अस्मिताको जगेरा गर्न एकाअर्कामा सहमति भएको छ।

No comments

Powered by Blogger.